मनोरञ्जन

चलचित्र ‘गल्ली ब्वाइ’ले बक्स अफिसमा सय करोडको आँकडा पार

51 पटक पढिएको

27th Feb 2019, Wednesday | २०७५ फाल्गुन १५, बुधवार १४:५९
नायिका आलिया भट्ट र नायक रणवीर सिंह अभिनित चलचित्र ‘गल्ली ब्वाइ’ले बक्स अफिसमा सय करोडको आँकडा पार गरेको छ । 
 
यो चलचित्रले बक्स अफिसमा १ सय ११ करोड कमाइसकेको छ । रणवीर सिंहले लगातार ३ वटा हिट चलचित्र दिएर बक्स अफिसमा आफूलाई दरिलो रुपमा उभ्याएका पनि छन् ।
 
यसैविच, शुक्रबारदेखि रिलिज भएको कमेडी जनराको चलचित्र ‘टोटल धमाल’ले पनि बक्स अफिसमा धमाल मच्चाएको छ । शुक्रबार १६.५० करोडको कमाई गरेको यो चलचित्रले शनिबार २०.४० करोडको कमाई गरेको छ । 
 
दुई दिनमै करिब ३७ करोडको कमाई गरेको चलचित्रले ३ दिनमा ६० करोड माथिको कमाई गर्ने पक्का छ ।