मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मन्त्री अधिकारी निवासमा आफन्तजन शोकाकूल

मन्त्री अधिकारी निवासमा आफन्तजन शोकाकूल


पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटानाग्रस्त भएको खबरसँगै अधिकारीका आफन्तजन एवं शुभेच्छुक यतिखेर पोखरास्थित उनको निवासमा पुगेका छन् । 
 
दुर्घटनाको खबरसँगै स्तब्ध भएका कास्कीका बासिन्दा पोखरा महानगरपालिका– ५ मालेपाटनस्थित अधिकारीको निवासमा पुगेका हुन् । 
 
शोकाकूल अवस्थामा रहेका अधिकारीका आमाबुबा एवं परिवारजनलाई सर्वसाधारण, विभिन्न दलका नेता तथा कार्यकर्ताले सान्त्वना दिएका थिए । 
 
दुर्घटनाको खबरसँगै अधिकारीका बुबा इन्द्रप्रसाद र आमा लक्ष्मीदेवीलाई यति एयरको विमानबाट काठमाडौँ लगिएको छ । 
 
एयर डाइनेस्टीको एमआई एयरबस हेलिकोप्टरमा मन्त्री अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव युवराज दाहाल, ध्रुवदास भोछिभया र अर्जुनकुमार घिमिरे सवार थिए ।