मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भर्जिनियामा गाडीले ठक्कर दिदां वृद्ध नेपाली मृत्यु

भर्जिनियामा गाडीले ठक्कर दिदां वृद्ध नेपाली मृत्यु


हिमालयखवर संवाददाता-
अमेरिका ।  वासिङ्टन डिसी नजिक भर्जिनियाको लिजवर्ग पाइकमा भएको सडक दुर्घटनामा  एक वृद्ध नेपालीको मृत्यु भएको छ । पैदल हिडिरहेको यात्रु ७२ वर्षीय चन्द्र भण्डारीलाई ठक्कर दिएर  दुर्घटनामा संलग्न गाडी भागेको थियो । भण्डारी फल्सचर्चमा वस्दै आएको स्थानीय मिडियाले जनाएका छन् । हाईवे आई ४९५ मा उक्त  दुर्घटना भएको थियो  ।
 
फायरफ्याक्स प्रहरीले उक्त हिट एण्ड रन  दुर्घटनाको छानबिन गरिरहेको जनाएको छ । यसका लागि केही समय त्यहाँको सडक बन्द गरिएको थियो । यो  दुर्घटनामा मङ्गलवार बिहान करिब साढे ६ बजे तिर भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  दुर्घटना लगत्तै उक्त नरोकी भागेको थियो । गाडीको तीव्र गति  दुर्घटनाको कारण हुन सक्ने जनाइएको छ । मृतक भण्डारी भने कुनै नशामा थिएनन् ।
 
अमेरिकामा केही समय यता मृत्यु हुने नेपालीको क्रम बढिरहेको छ । केही दिन अघि मात्र लम्जुगंका युवालाई बन्दुकधारीले गोली चलाउँदा मृत्यु भएको थियो । तस्बिर: सामाजिक संजाल