मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

मार्च १६ मा युलेस समाज र इन्द्रेणीको होली

मार्च १६ मा युलेस समाज र इन्द्रेणीको होली


युलेस (अमेरिका) – विगतका वर्षहरुमा जस्तै युलेसमा पनि आउँदो मार्च १६ मा होली (फागु) पर्व मनाइने भएको छ ।
 
युलेसको ओकरिज पार्कमा यसवर्ष पनि होली पर्व आयोजना गर्ने तयारी भैसकेको स्थानीय समाजसेवी तथा आयोजक टिका पौडेलले जानकारी दिए । दिउँसो १२ बजेदेखि सुरु हुने होली साँझसम्म खानपिन सहित निशुल्क हुने समेत उनले बताए । 
 
युलेस लगायत ड्यालस फोर्टवर्थ क्षेत्रमा बसोबास गर्ने सबैलाई होलीमा सहभागी भएर रमाइलो गर्न आयोजकहरुले अनुरोध गरेका छन् । 
 
पार्किङको लागि पार्क नजिक अप्रयाप्त हुने भएकोले अल्दी, रस वा चर्चमा गर्नका लागि समेत आग्रह गरिएको छ । 
 
नेपाली समाज र इन्द्रेणीको होली पनि सोही दिनः
यसैबीच इन्द्रेणी सांस्कृतिक संघ र नेपाली समाज टेक्ससको संयुक्त आयोजनामा मार्च १६ मै आर्लिङगटनमा होली (फागु) पर्व हुने भएको छ । 
 
डिएफडब्लु एरियाको राम्रो र ठूलो पार्कमा चिनिएको रिभर लिगेसी पार्कमा होली पर्व कार्यक्रम हुने भएको छ । विगतका होलीहरु असरल्ल र संस्था पिच्छेनै हुने गरेकोमा यसपटक नेपाली समाज र इन्द्रेणीले बिभिन्न पर्वका अवसरमा गर्ने कार्यक्रमहरु मिलेर गर्ने निर्णय गरेका छन् । 
 
सोही अनुसार होली पर्व इन्द्रेणीले र नयाँ वर्षको कार्यक्रम नेपाली समाजले गर्ने गरि कार्यक्रम तय गरिसकेका छन् ।