मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोइरालाले देखाएको बाटोमा हिँड्न जोड

कोइरालाले देखाएको बाटोमा हिँड्न जोड


चितवन । जीपी कोइराला फाउन्डेसन फर पिस डेमोक्रेसी एण्ड डेभलपमेन्टको आयोजनामा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
 
नेपाली कांग्रेसका पूर्वसभासद् एवम् पूर्वजिल्ला सभापति रामकृष्ण घिमिरेले दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको एकता र सहकार्यको नीति आजको सन्दर्भमा झनै महत्वपूर्ण रहेको चर्चा गरे । उनले लोकतन्त्रको रक्षा गर्दै शान्ति र समृद्धितर्फ अघि बढ्न कोइरालाले देखाएको बाटोमा हिँड्न कांग्रेसमा पुनःजागरण जरूरी रहेको बताए । 
 
फाउन्डेसनका क्षेत्र नं १ का संयोजक गोविन्द गौतमको सभापतित्वमा भएको कार्यक्रममा पूर्वसांसद् एकनाथ रानाभाट, सावित्री बोगटी पाठक र फाउन्डेसनका जिल्ला संयोजक कमल आचार्यले जनअधिकार रक्षाका लागि गिरिजाप्रसादको योगदानको चर्चा गर्दै उनको जीवनीमाथि प्रकाश पारेका थिए ।
 
कांग्रेसले शान्ति, विकास र लोकतन्त्रका लागि कसैसँग सम्झौता गर्न नहुने वक्ताहरुको जोड थियो ।   
 
प्रजातान्त्रिक विचार समाज चितवनका सहसचिव सुरेशचन्द्र आचार्यले सञ्चालन गरेको कार्यक्रममा नेपाल मौरीपालक संघका केन्द्रीय अध्यक्ष शिव शर्मा पौडेल, नेका रत्ननगर नगरसभापति रुपनराज घिमिरे, पूर्व नगरसभापति महेशप्रसाद रौनियार, राप्ती नगरसभापति नारायण उप्रेती, क्षेत्र नं ३ की संयोजक गीता गुरुङ, महासमिति सदस्य गीता देवकोटा, जिल्ला सदस्य कमला श्रेष्ठ, दिवाकर अर्याल, नेका क्षेत्रीय सचिव दण्डपाणि लामिछानेलगायतले मन्तव्य राखेका थिए ।