मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

‘सारेगमप लिटल च्याम्स’ मा धमाका गर्दै नेपाली बालक आयुष र प्रितम

‘सारेगमप लिटल च्याम्स’ मा धमाका गर्दै नेपाली बालक आयुष र प्रितम


१६ वर्ष भन्दा कम उमेरका बालबालिकाको लागि बनेको गायन रियालिटि शो ‘सारेगमप लिटल च्याम्स’ मा नेपालका दुई बालकहरु पनि सहभागी भएका छन्। उक्त शोमा इटहरीका प्रितम आचार्य र भक्तपुर बस्ने सिन्धुपाल्चोकका आयुष केसी टप ३० मा परेका छन्।
 
आयुष केसी ११ वर्षका बालक हुन् । उनी यो भन्दा पहिला कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने रियालिटि शो ‘सुरशाला जुनियर आइडल’ भइसकेका छन्। 
 
आयुषलाई मोर्डन स्कूल दधिकोटमा क्षितिज कुलुङ र सुरशाला म्यूजिक एकेडेमीमा गायक, संगीतकर्मी अमृत क्षेत्रीले संगीत सिकाएका हुन्।
 
इटहरी बस्ने ११ वर्षका प्रितम आचार्य पनि लिटिल च्याम्प्सको टप ३० मा पुगिसकेका छन्। उनी सन् २०१६ मा भएको सुरशाला जुनियर आइडलको उपविजेता हुन्।
 
इटहरीको विश्व आदर्शमा कक्षा ६ मा पढ्दै गरेका आचार्य पाँच वर्षको हुँदादेखि संगीत सिक्न थालेका हुन्। उनका धेरै गुरुहरु छन्। बलराम समाल, प्रिन्सिपल भूपेन्द्र राई, राजु केसी, भोला राई लगायत सुरशाला म्यूजिक एकेडेमीका अमृत क्षेत्री। 
 
दिल्लीमा अडिसन दिन प्रितम र आयुषसँगै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए। ‘लेभल टु’मा सेलेक्ट भएका आयुष र प्रितम स्टुडियो राउण्डको लागि मुम्बई गए।