मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

केन्टकीमा बन्दुक प्रहारबाट नेपालीको हत्या

केन्टकीमा बन्दुक प्रहारबाट नेपालीको हत्या


केन्टकी (अमेरिका) – अमेरिकामा ग्याँस स्टेशनमा कार्यरत नेपाली सुभाष घलेको केन्टकी राज्यमा हत्या भएको छ । 
 
केही समय अघिमात्र ड्यालसबाट केन्टकी सरेका घले कार्यथलोमै लुटेराको गोलीबाट मारिएका हुन् । गत बिहीबार केन्टकीको एजिजावेद टाउमा काम गरिरहेको अवस्थामा अाएका बन्दुकधारीको अाक्रमणबाट घले मारिएका हुन् । सोही घटनामा अर्का एक नेपाली प्रयास बानिया गंभीर घाइते भएका छन् । 
 
नेपालीमाथि भएको उक्त घटनाप्रति नेपाली समुदाय चिन्तित र दुःखित भएका छन् । बिभिन्न संघसंस्थाहरूले दुःख व्यक्त गर्दै विज्ञप्ती जारी गरेका छन् । प्रवासी मञ्च अमेरिकाले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचार र मृतकको क्षतीपूर्तिका लागि समन्वय र सहयोग गर्न अपिल गरेको छ । 
 
अमेरिकामा ग्याँस स्टेशन, स्टोरका कामहरू सजिलो र सहज भएपनि बेलाबखतमा यस्ता घटनाहरू हुँदै अाएका छन् । नगदको कारोबार हुने भएकाले लुटेराहरूले स्टोरहरूमा अाक्रमण गरेर हत्या र लुटपाट गर्दै अाएका छन् ।
 
 अन्य समुदायका व्यक्तिहरू पनि यस्तो घटनामा पर्दै अाएका छन् । फोटो : वेब ३ निउज