मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपस्टारको आयोजनामा आईतबार रक्तदान हुँदै

नेपस्टारको आयोजनामा आईतबार रक्तदान हुँदै


ड्यालस । आगामी आईतबार ड्यालास रहेको नेपस्टार अफ डिएफडब्लु क्लबले ब्लड डोर्नस अफ अमेरिका र एनसीएससीसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । 
 
नेपस्टारका अध्यक्ष नारायण क्षेत्रीका अनुसार युवाहरु मनोरञ्जनमा मात्र नभएर रक्तदान जस्ता  सामाजीक कार्यमा पनि थप सकृय गराउने उद्धेश्यका साथ रक्तदान कार्यक्रम राखिएको हो । 
 
यसै बर्षदेखी औपचारिक रुपमा काम गर्न थालेको क्लबमा सकृय युवाहरुका साथै ड्यालासका धेरै नेपालीको सहभागिताका लागि क्लबका अध्यक्ष क्षेत्रीले आग्रह गरेका छन् । रक्तदान पवित्र कार्य भएको र नेपालीहरु अमेरिकाभर सकृय भएकोमा खुशी ब्यक्त गर्दै ब्लड डोर्नस अफ अमेरिका ड्यालास च्याप्टरका अध्यक्ष शिब काफ्लेले पनि उपस्थितीका लागि सबैसँग आग्रह गरेका छन् । रक्तदान कार्यक्रम आईतबार १० बजेदेखी ३ बजेसम्म नेपाली मन्दीर अर्भिङमा हुने छ ।