मनोरञ्जन

कोमल वली केन्द्रिय राजनीतिमा प्रवेश

58 पटक पढिएको

20th Feb 2019, Wednesday | २०७५ फाल्गुन ८, बुधवार ०९:४३
राप्रपा छाडेर नेकपा एमाले (हाल नेकपा) प्रवेश गरेकी उनी अहिले राष्ट्रियसभा सांसदकी सदस्य बनेकी छिन् ।
 
राष्ट्रिय सभाको सभासद् भएपछि उनी अहिले राजनीतिमा बढी सक्रिय भएकी हुन्  तर, उनले गायिका मात्र नभएर, एउटा चलचित्रमा मुख्य नायिकाको भूमिका पनि निर्वाहा गरेकी थिइन् । कोमलले अभिनय गरेको चलचित्रको नाम थियो, ‘राजनीति’ ।। 
 
राजनीतिबाट नै देश परिवर्तन हुने विश्वासका साथ राजनीतिमा होमिएकी उनी आफू सधैं देश र जनताको भावना अनुसार काम गर्ने बताउँछिन् । 'पोइला जान पाम शिव' बोलको तीजको गीतबाट चर्चामा आएकी अविवाहित कोमलले करीब एक दशक अगाडि एक फिल्ममा अभिनय समेत गरेकी थिइन् ।