मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिकाको वेवसाइटमा समस्या

एनआरएन अमेरिकाको वेवसाइटमा समस्या


ड्यालस (टेक्सस) – गैर आवासीय नेपाली सङ्घ (एनआरएन) अमेरिकाको सदस्य बन्न बिहीबारदेखि प्राविधिक रूपमा निकै ठुलो समस्या देखिएको छ ।
 
अमेरिकामा रहेका धेरै नेपालीहरू अन्तिममा सदस्य हुने भन्दै कुरेर बसेका थिए । तर बिहीबारदेखि एनआरएन अमेरिकाको सदस्य हुनका लागि वेबसाइटमा निकै ठुलो समस्या देखा परेको छ ।
 
लगइननै नहुने, भइहाले पनि सदस्य बन्ने ठाउँसम्म नेभिगेटनै नहुने लगायतका समस्याहरू आवेदकहरूले भोगिरहेका छन् । एनआरएन अमेरिकाको अघिल्लो चुनावको समयमा पनि यस्तै खालको समस्या देखिएको थियो । 
 
 
 
एनआरएन अमेरिकाको बोर्ड बैठकले वेबसाइटलाई बढी क्षमताको थेग्ने बनाइएको थियो । तर अहिले फेरि उही समस्या दोहोरिएको छ । धेरै नेपालीहरू अन्तिम समयमा आएर मात्र सदस्य हुने प्रवृत्तिले गर्दा पनि समस्या बढेको छ । 
 
एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल शाहले वेबसाइट बनाएर जिम्मा लगाएको बताए । 
 
अहिले सामाजिक सञ्जालमा एनआरएन अमेरिका प्रति निकै आक्रोश छ । अमेरिका जस्तो मुलुकमा बसेर पनि वेववाइटलाई गतिलो नबनाएको भन्दै नेतृत्वको आलोचना भइरहेको छ । कतिपयले यसलाई सदस्यता आवेदन गर्ने म्याद थप्ने षडयन्त्रका रूपमा पनि लिएका छन् ।
 
गत साता बसेको एनआरएन अमेरिकाको बैठकले सदस्य बन्ने म्याद फेब्रुअरी १५ बाट एक मिनेट पनि नथप्ने निर्णय गरेको थियो । दुई दिनसम्म वेबसाइटले काम नगर्दा के गर्ने भन्ने निक्र्यौलमा एनआरएन अमेरिका पुग्न सकेको छैन । 
 
सदस्य हुनका लागि आज राति ११ः५९ सम्मको समय मात्र रहेको छ । अहिलेसम्म  सात हजार ६ सय ६३ जनाले एनआरएन अमेरिकाको सदस्यता लिइसकेको छन् ।