मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    

चारहजार आठसय बने एनआरएनको सदस्य

चारहजार आठसय बने एनआरएनको सदस्य


हिमालयखवर संवाददाता
अमेरिका  – गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको सदस्य बन्नका लागि लगभग ३६ घण्टा बाँकी छँदा चारहजार आठसय सदस्य बनेका छन् ।
विहीबार बिहान ९ बजेसम्मको तथ्यांकका अनुसार चारहजार दुईसय ८० साधारण सदस्य बनेका छन् । पाँचसय २३ जनाले आजीवन सदस्यता लिएका छन् । 
 
एनआरएन अमेरिकाको सदस्य हुनका लागि शुक्रबार राति १२ बजेसम्म आवेदन दिएर शुल्क तिरिसक्नुपर्नेछ । एनआरएन अमेरिकाले शुक्रबार पछि सदस्यतको लागि एक मिनेट पनि समय नथप्ने निर्णय गरेर सार्वजनिक गरिसकेको छ ।
 
मिडिया संयोजक बाल जोशीका अनुसार सदस्यताको आवेदन गर्ने समय थप हुन्छ भन्ने हल्लामा कुनै सत्यता नरहेको र समय थप नहुने उल्लेख गरे । ‘सदस्यताको लागि आवेदन दिने म्याद नथप्ने निर्णय बोर्ड बैठकले गरिसकेको छ, तसर्थ फेब्रुअरी १५ तारिक शुक्रबार राति १२ बजे अगावै आवेदन दिएर शुल्क तिरिसक्नुहुन अनुरोध छ,’ उनले भने ।
 
अहिलेसम्मको तथ्यांकलाई केलाउँदा अमेरिकाका सात राज्यबाट एकजना पनि सदस्य भएका छैनन् । अलास्का, मेइन, मोनाटा, नर्थ डकोटा, साउथ डकोटा, भरमन्ट र वमिङ राज्यमा एकजना पनि सदस्य भएका छैनन् । बाँकी ४३ राज्यमा रहेका नेपालीहरुले सदस्यता लिएका छन् । 
 
९ बजेसम्मको तथ्यांकक आधारमा सबैभन्दा बढी सदस्य न्यूयोर्कबाट भएका छन् । न्यूयोर्क राज्यबाट साधारण र आजीवन गरि एकहजार एकसय ४६ ले सदस्यता लिएका छन् । त्यस्तै दोस्रोमा टेक्सस छ । टेक्ससबाट ९ सय १८ ले सदस्यता लिएका छन् । तेस्रोमा ४ सय ४ सदस्य सहित मेरिल्याण्ड र चौथोमा ३ सय ३८ सहित क्यालिफोर्निया रहेको छ । 
 
न्यूयोर्कबाट विगत तीन दिनयता अप्रत्याशीत रुपमा सदस्यता आवेदन बढेको छ । कोही कसैको चलखेल हुनसक्ने आशंकाका रुपमा त्यो सदस्यता वृद्धिदरलाई हेरिएको छ । स्रोतका अनुसार त्यहाँबाट एउटा समुदायको सदस्यता आवेदन शंकास्पद रुपमा बढेको छ । जसलाई भेरिफिकेसन समितिले छानबीन गरेर समेत भ्याएको छैन । 
 
अमेरिकामा रहेका नेपाली समुदायलाई सदस्यता लिनका लागि एनआरएन लगायत अन्य संघसंस्थाका प्रमुखहरुले आह्वान गर्दै आएका छन् ।