मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ढिलासुस्ती र घुसखोरी समृद्धिको मुख्य बाधक : पूर्वप्रधानमन्त्री नेपाल

ढिलासुस्ती र घुसखोरी समृद्धिको मुख्य बाधक : पूर्वप्रधानमन्त्री नेपाल


बर्दिवास । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारी कार्यालयबाट सम्पादन हुनुपर्ने काममा ढिलासुस्ती र घुसखोरी मुलुकको समृद्धिमा मुख्य बाधक भएको बताएका छन् । 
 
आज महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका—२ सिङ्ग्याहीबजारमा महेन्द्र माविको नयाँ आठ कोठे भवनको शिलान्यास र आइतबार र बुधबार लाग्ने साप्ताहिक हटियाको शुभारम्भ गर्दै वरिष्ठ नेता नेपालले ढिलासुस्ती र घुसखोरीविरुद्ध सरकार तथा अधिकारसम्पन्न निकायले मोलाहिजारहित कार्वाही गर्न कसर राख्न नहुने बताए । 
 
“हामी समृद्ध नेपाल र सुखी नेपालीको नारा भन्दैछौँ,” वरिष्ठ नेता नेपालले भने, “सरकारी कार्यालयबाट सम्पादन हुने सेवाबाट जनताले सजिलो अनुभूति नगरेसम्म समृद्धिको कुराले सार्थकता पाउँदैन ।” भ्रष्टाचार र ढिलासुस्तीलाइ कानूनी कार्वाही मात्र नभएर सामाजिक घृणासमेत गरिनुपर्ने नेता नेपालको भनाइ थियो । 
 
समारोहमा प्रदेश नं २ का प्रदेशसभा सदस्यहरु सत्रुधन महतो, भरतप्रसाद साह, शारदा थापा, मञ्जु यादव र नेकपाका केन्द्रीय सदस्य सरोज यादवसहितका नेताले शिक्षा र कृषिलाई प्राथमिकतामा राखेर अघि बढे चाँडै समृद्धि प्राप्त हुने बताए । 
 
यसअघि रहेको विद्यालय भवन र बजारक्षेत्र बर्दिवास–जनकपुर–जयनगर रेलविस्तार क्षेत्रमा परेपछि नयाँ विद्यालय भवन निर्माण र बजारस्थलका लागि भङ्गाहा—२ सिङ्ग्याहीका रामएकवाल यादव, फूलकिशोर यादव र लालबाबु यादवले विद्यालयलाई उपलब्ध गराएको १२ कट्ठा जग्गामा विद्यालय भवन शिलान्यास र बजार शुभारम्भ आज गरिएको हो । 
 
समारोहमा पूर्वप्रधानमन्त्री नेपालले विद्यालयका लागि अनुमानित पाँच करोड मूल्यको जग्गादान गर्ने तीनजना दातालार्इ दोसल्ला ओढाएर सम्मान गरेको थियो । समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र राय थारूको अध्यक्षतामा सम्पन्न भएको हो ।