मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

तामाङ सोसाइटी अफ लसएन्जल्सको आयोजनामा फाक ल्हो २८५५ औं सोनाम ल्होछार सम्पन्न

तामाङ सोसाइटी अफ लसएन्जल्सको आयोजनामा फाक ल्हो २८५५ औं सोनाम ल्होछार सम्पन्न


लसएन्जल्स (अमेरिका)- तामाङ सोसाइटी अफ लसएन्जल्सको आयोजनामा फाक ल्हो २८५५ औं सोनाम ल्होछार भब्य रुपमा सम्पन्न भएको छ।
 
नेपाल सरकारका प्रतिनिधि महावाणिज्यदुत ऋषि ढकालको प्रमुख आतिथ्यता,तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको केन्द्रिय अध्यक्ष  लक्याङ लामाको र अन्तराष्ट्रीय तामाङ परिषदका क्षेत्रीय उपाध्यक्ष कुमार दोङको विशेष आतिथ्यमा कार्यक्रम  सम्पन्न भएको थियो ।
 
कार्यक्रमको अध्यक्षता सोसाइटीका अध्यक्ष टेक लामाले गरेका थिए भने शुभकामना मन्तव्य गुरुङ  सोसाईटी अफ लसएन्जल्सका अध्यक्ष ज्ञानेन्द्र गुरुङ, एनआरएनए एन सि सि अमेरिकाका उपाध्यक्ष उमा कार्की थापा, तामाङ   कोओप्रेशन सोसाईटी अफ क्यालिफोर्नियाका अध्यक्ष प्रेम तामाङ र तामाङ  सोसाईटी अफ नर्थ अमेरिकाका सल्लाहकार विध्यासागर योन्जनले आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो ।
 
समग्रमा हाम्रो पहिचान नै राष्ट्रीयता हो यस भित्र हाम्रो परम्परा , संस्कृति ,हार्दिकता र एकता जोड़िएका छन् भन्ने विषयहरुमा केन्द्रित रहेको थियो ।
 
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष मोहन वाईबा सल्लाहकार हरु दोय इन्द्र तामाङ एवं सुर्य तामाङ को पनि उपस्थिति रहेको थियो ।
 
जब सम्म हाम्रो धर्म, भाषा र संस्कृति हामीसँग रहन्छ तब सम्म हाम्रो पहिचान रहन्छ र हामी नेपाली भनेर गर्व गर्न सक्छौ भन्ने अभिव्यक्ति हरुले विविधता भित्र हार्दिकता र एकताको सन्देश छ भन्ने सन्देश दिईरहेको थियो ।
 
शुभकामना संदेश, गीत र नृत्यका साथ मा डिजे सहित भरपूर मनोरंजतात्मक रुपमा आयोजित कार्यक्रममा लसएन्जल्स बासी  नेपालीहरुको राम्रो उपस्थिति थियो।
 
कार्यक्रममा गायक म्हेन्दोमाया संगीतको चर्चित गायक  सागर वाइबाले आफ्नो प्रस्तुति गर्नुभएको थियो र कार्यक्रममा प्रस्तुत गरिएको बिभिन्न नृत्यहरुको कोरियोग्राफ़ी बहु प्रतिभाको धनि कलाकार सुरज श्रेष्ठले गरेको थियो ।