मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाल र हन्डुरसका टीपीएस भएकाले अमेरिकी सरकार विरुद्ध मुद्दा दर्ता

नेपाल र हन्डुरसका टीपीएस भएकाले अमेरिकी सरकार विरुद्ध मुद्दा दर्ता


हिमालयखवर संवाददाता
सानफ्रान्सिस्को (अमेरिका) –  प्राकृत्तिक प्रकोपका कारण अमेरिकामा अस्थायी बसोबास ट्रम्प्रोअर प्रोटेक्ट स्टाटस (टीपीएस)  पाएका नेपाल र हण्डुरसका अप्रावासीले अमेरिकामा बस्न र काम गर्न पाउनुपर्ने माग दावी गर्दै ट्रम्प प्रशासन विरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । 
 
आइतवार क्यालिफोर्निया सानफ्रान्सिस्को स्थित फ्रेडरल कोर्टमा दर्ता गरीको मुद्दामा टीपीएस अन्त्य गर्ने  डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्यूरिटी(डीएचएस)को निर्णयलाई चुनौती दिईएको छ । डीएचएसले जाती र वर्णभेदका आधारमा यस्तो निर्णय भएको दावी मुद्दा दायरकर्ताले गरेका छन् ।
 
अदालतमा ६ जनाले उक्त मुद्दा दर्ता गराएका हुन् जसमा दुई जना अमेरिकामै जन्मेका केटाकेटी छन् । मुद्दा दर्ता गर्ने तीन नेपालीमा केशव भट्टराइ, सज्जन पाण्डे र सुम्निमा थापा छन् ।
 
यो मुद्दामा कुन आधारमा नेपाल र हन्डुरसको अवस्थामा परिवर्तन भई देश फर्किने अवस्था सृजना भयो र डीएचएसले टीपीएस रद्द गर्यो भन्ने प्रश्न उठाईएको छ ।
 
गत बर्ष उक्त फेडरल कोर्टले एलसाल्भाडोर, हाइटी, निकारागुवा र सुडानका नागरिकले पाएको टीपीएस सुविधा रद्द गर्ने अमेकिरी सरकारको निर्णय रोक्ने निर्णय दिएको थियो ।
 
हन्डुरसका अमेरिकामा भएका नागरिकलाई सन १९९८ मा आएको आँधी बेरीका कारण टीपीएस दिईएको थियो । अहिले त्यहाँका करिव ८६ हजार नागरिक टीपीएसमा अमेरिकामा छन् । यस्तै सन् २०१५ मा आएको महाभुकम्पका कारण करिव १५ हजार नेपालीले टीपीए सुविधा लिएका थिए । हाल टीपीएसमा वस्दै आएका नेपालीको संख्या करिव ९ हजार रहेको वताईएको छ ।
 
मुद्दाका पक्षमा विभिन्न इमिग्रेशनका पक्षधर संघसस्थाले सहयोग दिईरहेका छन् । नेपालीले पाएको टीपीएस सुविधावाट यहाँ वस्न पाउने कानुनी अधिकार सकिन अव केही महिना मात्र बाँकी छ । यो बर्षको मध्येमा नेपालीले पाएको टीपीएस समाप्त हुन्छ ।
 
टीपीएसको समयथप गर्नका लागि नेपालीहरुले केही महिना यता विभिन्न शहरमा दवाव मुलक कार्यक्रम गरिरहेका छन् ।
 
टीपीएस भएकाले अमेरिकामा वस्न र काम गर्न पाउँछन् । तर, कतिपय सुविधा भने पाउँदैनन् । नेपालवाट परिवार ल्याउनपनि सक्दैनन् । निश्चित शुल्क तिरेर यो नविकरण गर्नुपर्ने हुन्छ । इमिग्रेशन सम्वन्धि विज्ञहरुले भने टीपीएसमा रहेकालाई अन्य स्ट्याटसमा जानका लागि पहल गर्न सुझाव दिदैं आएका छन् ।