मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

मेक्सिकोको सीमानामा पर्खाल लगाउन ट्रम्प र विपक्षीबीच सहमति

मेक्सिकोको सीमानामा पर्खाल लगाउन ट्रम्प र विपक्षीबीच सहमति


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमानामा सुरक्षाका लागि पर्खाल निर्माणका लागि अमेरिकी सिनेटले रकम नछुट्टयाएका कारण सरकार र संसदबीच देखिएको विवादका केही बुँदामा अन्ततः सोमबार सहमति जुटेको छ । 
 
३५ दिनसम्म अस्थायी खर्चबन्दी भएको र अमेरिकी संघीय निकायहरू खर्चविहीन हुने अवस्थाबाट गुज्रेपछि राष्ट्रपतिले एक कदम पछि हट्दै आंशिक सरकारी कार्यालयको बन्द हटेको थियो । 
 
डेमोक्र्याट तथा रिपब्लिकन नेताहरूले सीमा सुरक्षाका विषयमा एक सैद्धान्तिक सहमति गरेसँगै अर्को अस्थायी खर्चबन्दी हुने र अमेरिकी संघीय निकायहरू खर्चविहीन हुने अवस्थाबाट गुज्रिने जोखिम टरेको हो । 
 
अमेरिकी सांसदहरूका अनुसार वाशिङटनमा भएको एक बैठकमा नयाँ सहमति जुटेको हो । 
 
सहमतिका बुँदाहरू बाहिर आइसकेका छैनन् । राष्ट्रपतिको यस सम्बन्धमा भनाई उहाँले पश्चिमी राज्य टेक्सासमा एक सभालाई सम्बोधन गर्ने कार्यक्रममा आउने अनुमान गरिएको छ । 
 
अर्को खर्चबन्दी रोक्न शुक्रवारसम्म दुई पक्षबीच सहमति जुट्नैपर्ने आवश्यक थियो । अमेरिकी इतिहासकै सबैभन्दा लामो खर्चबन्दीका कारण अमेरिकी अर्थतन्त्रमा ११ अर्ब डलर घाटा भएको अनुमान गरिएको छ । 
 
सोमवार साँझ वाशिङटनमा डेमोक्रेटिक र रिपब्लिकन नेताहरूबीच केही घन्टासम्म चलेको छलफलपछि विवादहरूमा सहमति जुटेको थियो । 
 
रिपब्लिकन सिनेटनर रिच्ड शेल्बीका अनुसार सबै मतभेदहरू हल भएका छन् । उनले भने, “सबै विषयमा सहमति जुटेको छ । त्यसका बुँदाहरू कर्मचारीहरूले केही दिनपछि बाहिर ल्याउनेछन् ।” एजेन्सी