मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अख्तियारको नियन्त्रणमा आएका असइ फरार

अख्तियारको नियन्त्रणमा आएका असइ फरार


महोत्तरी । दश हजार रुपैयाँसहित रङ्गेहात अख्तियारको नियन्त्रणमा लिइएका महोत्तरीका एक प्रहरी सहायक निरीक्षक(असइ) फरार भएका छन् । 
 
आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिवासबाट खटिएको टोलीले रङ्गेहात नियन्त्रणमा लिएका महोत्तरी औरही प्रहरी चौकीका असइ रामनरेश साह फरार भएका हुन् । 
 
औरहीस्थित नवदुर्गा सःमिलबाट अख्तियारको टोलीले नियन्त्रणमा लिए तापनि स्थानीयवासी अवरोध गर्दा प्रहरी सहायक निरीक्षक साह अख्तियारको नियन्त्रणबाट भागेका हुन् । 
 
महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जनाएअनुसार असइ अहिले सम्पर्कविहीन रहेको र औरहीमा सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ । अख्तियारको फन्दाबाट फरार भएका असइ साहलाई खोजी कार्य तीव्ररुपमा अगाडि बढाइएको प्रहरी उपरीक्षक कार्कीले जनाएका छन् । 
 
बर्दिबासस्थित कार्यालयबाट गएको पाँच÷छ जनाको टोलीले प्रहरी चौकीमा कार्यरत असइ साह र नवदुर्गा सःमिलका सञ्चालक दिनेश साहलाई नियन्त्रणमा लिएलगत्तै स्थानीयवासीले अवरोध गरेका थिए । 
 
हाल दुवै जना नियन्त्रणबाहिर रहेको प्रहरी स्रोतले जनाएको छ । अख्तियारको टोलीसँग गएका प्रहरीले सःमिलमै गई त्यसका सञ्चालक दिनेश साह र असई साहलाई नियन्त्रणमा लिएको थियो । रासस