मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल


चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताएका छन् । 
 
देवघाटमा रहेको महेश सन्यास आश्रमले आयोजना गरेको विराट ज्ञान महायज्ञलाई आज सम्बोधन गर्दै सबै क्षेत्रबाट देवघाटको पर्यटकीय सम्भावनाका बारेमा प्रचारप्रसार गर्नुपर्ने बताए । 
 
वरिष्ठ नेता पौडेलले धर्मको अतिक्रमण रोक्नका लागि आवश्यक प्रयास नभएको बताए । उनले भने, “हाम्रो सभ्यता हिन्दू र बौद्ध हो, मैले गाउँगाउँमा गएर धर्म संरक्षणका लागि पहल गरिरहेको भए पनि विस्तारै हाम्रो पहिचान मेटिँदै गइरहेको छ ।” 
 
धर्म संरक्षणका लागि एक हुनुपर्नेमा पनि उनले जोड दिए । संविधानलाई बाङ्गो अर्थ लगाएर हिन्दू धर्ममाथि आक्रमण भएको भन्दै उनले धर्म संरक्षणका लागि सबै एकजुट भएर लाग्न आग्रह गरे । 
 
माघ २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको महायज्ञ फागुन १ गतेसम्म चल्नेछ । महायज्ञमा १०८ श्रीमद्भागवत पाठ पारायण भइरहेको छ । चारै वेद, विभिन्न पुराणहरुको पाठ पारायण, शक्तिको आराधना र ब्रह्म गायत्रीद्वारा विधिपूर्वक लक्ष हवन भइरहेको महायज्ञ मूल आयोजक समितिका महासचिव डा गुरुप्रसाद सुवेदीले बताए । 
 
महायज्ञमा स्वदेश र विदेशबाट ठूलो सङ्ख्यामा सन्त, महन्त र भक्तजन आउने क्रम जारी छ । आश्रमले सञ्चालन गरेको गुरुकुल सञ्चालनका लागि महायज्ञ आयोजना गरिएको हो ।