मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेविसंघका अध्यक्ष महरद्वारा राजीनामा

नेविसंघका अध्यक्ष महरद्वारा राजीनामा


काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । 
 
अध्यक्ष महरले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएको कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए । 
 
सभापति देउवाले अध्यक्ष महरलाई हालसम्म गरेको कामका लागि धन्यवाद दिँदै आजै राजीनामा स्वीकृत गरेका छन् । 
 
संघको वर्तमान कार्यसमितिको म्याद यही माघ २ गते समाप्त भइसकेको अवस्थामा अध्यक्ष महरले राजीनामा दिएका हुन् । संघको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो । 
 
त्यसपछि दुईपटक गरी पाँच महिना समयावधि थप भएको थियो । 
 
यसअघि कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा संघको कार्यसमिति सम्बन्धमा समयावधि थप बढाई महाधिवेशन गर्न दिने वा नयाँ तदर्थ समिति बनाउने भन्ने विषयमा छलफल भएको थियो । 
 
अध्यक्ष महरको राजीनामा स्वीृकत भएसँगै संघको महाधिवेशन गर्नका लागि कांग्रेसले संघको नयाँ तदर्थ समिति बनाउने तयारी गरेको छ ।