मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

समृद्ध नेपाल र सुखी नेपाली कृषि र प्रर्यटनबाटै सम्भव : अध्यक्ष राणा

समृद्ध नेपाल र सुखी नेपाली कृषि र प्रर्यटनबाटै सम्भव : अध्यक्ष राणा


नवलपरासी । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउने प्रमुख माध्यम कृषि र प्रर्यटन रहेको बताएकी छिन् ।
 
नेपालमा कृषि र पर्यटन उद्योगको प्रचुर सम्भावना रहेकाले निजी क्षेत्रले यिनै क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सके नेपाल समृद्धिको बाटोमा अगाडि बढ्ने बताइन् ।
 
उद्योग वाणिज्य संघ बर्दघाट सुस्तापूर्व जिल्ला संघ गैडाकोटको भवन शिलान्यास तथा जिल्ला संघ घोषणा एवम् चौथो साधारण सभा उद्घाटन कार्यक्रममा बोल्दै राणाले यस्तो बताएकी हुन् ।
 
नेपालमा उद्योग व्यवसाय संचालन गर्न राष्ट्रिय अन्तराष्ट्रिय उद्योगी व्यवसायीहरु अग्रसर भए पनि उचित वातावरण अझै नभएको उनको जिकिर थियो । उनले भनिन्–“नेपालमा उद्योग संचालन गर्ने थुप्रै सम्भावना छन्, तर उचित वातावरण छैन, बैङ्कको ब्याजदर दिनप्रतिदिन बढ्दा कसरी व्यवसायीहरु अगाडि बढ्न सक्छन ?” उनले थपिन–“अहिले बित्तिय क्षेत्रमा एककिसिमको ठूलो संकट आइरहेको छ । यसको सामना सबै खालका व्यापारीले गर्नुपरेको छ । यस्तो अवस्थामा उद्योगहरु कसरी फस्टाउन सक्छन ?”
 
उनले पछिल्लो समय महिलाहरु पनि उद्योग व्यवसायमा संलग्न भई निजी क्षेत्रको विकास र प्रबद्र्धनमा लागेकाले महिला उद्यमी व्यवसायीका लागि तीनै तहको सरकारले प्राथमिकतामा राखेर नीति तथा योजना र बजेट छुट्याउनसमेत माग गरिन् ।
 
उद्योग व्यवसायमा सक्रिय महिलाहरुका लागि सहुलियसँगै सम्मान र कदर गरेर उनीहरुमा हौसला प्रदान गर्नसमेत आवश्यक रहेको उनले बताइन् ।
 
सम्बोधनकै क्रममा राणाले जिल्ला संघको भवन निर्माण गर्न एक लाख एक रुपैयाँ रकम व्यक्तिगत रुपमा प्रदान गर्नेसमेत प्रतिबद्धता जनाइन् । गैंडाकोट नगरपालिका स्तरीय उद्योग वाणिज्य संघ गैडाकोटलाई स्तरोन्नति गर्दै जिल्ला संघ स्थापना गरिएको छ । आइतबार राणाले जिल्ला संघको घोषणासमेत गरिन् ।
 
गैंडाकोट चारको खेलकुद मैदाननजिकै भवन निर्माण गर्न लागिएको छ । भवन निर्माणका लागि स्थानीय समाजसेवी व्यक्तित्वहरुले जग्गासमेत सहयोग गरेका छन् । यस्तै कार्यक्रममा गैंडाकोट क्षेत्रका ६ जना उत्कृष्ट उद्योगी व्यवसायीहरुलाई सम्मान गरिएको थियो । रासस