मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

धादिङमा बस दुर्घटना, १४ जना घाइते

धादिङमा बस दुर्घटना, १४ जना घाइते


धादिङ । धादिङको सदरमुकाम धादिङबेँसीबाट सिद्धलेक गाउँपालिकाको नलाङतर्फ जाँदै गरेको यात्रुवाहक बस नीलकण्ठ नगरपालिकाको वडा नं ८ ससानजिकै दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । 
 
धादिङबेँसीबाट ३५ भन्दा बढी यात्रु लिएर नलाङतर्फ गइरहेको बा ३ ख २७३१ नम्बरको बस शनिबार बेलुकी ५ बजेतिर दुर्घटनामा परेको हो । ग्रामीण यातायात सहकारीद्वारा चलाइएको सो बस तीव्र गतिमा रहेको र धादिङबेँसीदेखि नै बस चालकले लापर्बाही गरेर चलाएको यात्रुहरुले बताए । 
 
तीव्र गतिमा चलेको सो बसले धादिङबेँसीमा म्याजिक भ्यानलाई ठक्कर दिएर गएको केहीबेरमै ससानजिकै पुगेपछि सडक छेउको ग्याबिनजालीमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 
 
घटनामा घाइते भएकाहरुलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल धादिङबेँसीमा उपचारको लागि ल्याइएको थियो भने गम्भीर घाइते दुई जनालाई जिल्ला अस्पतालबाट थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राजकुमार बैदारले जानकारी दिए ।