मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

हेल्प डेस्क को आयोजनामा समय सापेक्ष कार्यक्रम

हेल्प डेस्क को आयोजनामा समय सापेक्ष कार्यक्रम


 क्यालिफोर्निया(अमेरिका)- एनआरएन युएसए  हेल्प डेस्क उत्तर क्यालिफोर्नियाको आयोजनामा ट्याक्स फाइल गर्ने यो सिजनमा सोही कुरालाई लक्षित गरी ट्याक्स फाइल गर्दा वैधानिक रूपमा के कसरी फाइदामा रहन सकिन्छ लगायतका विभिन्न विषयलाई समेटेर एक अत्यन्त उपयोगी तथा ज्ञानमूलक कार्यशाला “आमने सामने कार्यक्रम” FACE TO FACE PROGRAM हुन गइरहेको हेल्प डेस्क उत्तर क्यालिफोर्नियाका संयोजक तुलसी चौलागाईंले बताउनु भएको छ। 
 
सो अन्तर कृयात्मक कार्यक्रममा लामो समय देखी क्यालिफोर्निया तथा अन्य राज्यहरूमा समेत काम गरेका व्यक्तित्वहरू श्रोत व्यक्तिका रूपमा रहेका छन् । जसमा लामो समय न्यु योर्कमा कार्यरत  रही हाल क्यालिफोर्नियामा कार्यरत बन्धु पोख्रेलले स्वास्थ्य बिमा( Health Insurance), जीवन बिमा( Life Insurance), IRA, Retirement Plan, Mortgage  Protection plan बारे प्रकाश पार्नु हुने छ ।
 
विगत २५ वर्ष देखी उत्तर क्यालिहोर्नियामा सफल रियल्टरको रूपमा कार्यरत रि लायन्स फाईनान्सियलका उपाध्यक्ष बेन नवीन अधिकारीले घर जग्गा खरिद गर्दा आफू  सर्वाधिक फाइदामा रहने रहस्यहरू खोल्नु हुनेछ त्यस्तै घर जग्गा खरिद गर्दा सरल रूपमा र कम ब्याजदरमा कसरी ऋण प्राप्त गर्ने घर जग्गा खरिद गरिसकेकाहरूको मोरगेजको ब्याज कम गर्न के कस्ता उपाय हुन सक्छन् आदि विषयमा जानकारी गराउनु हुनेछ ।
 
त्यसै गरी उदयईमान रियल्टर सुनिता गुरुङ एस्टरडेले घर जग्गा खरिद गर्ने सम्बन्धी अध्यावधिक जानकारी दिनु हुनेछ। २०१८ को ट्याक्स फाइल गर्ने यो मौसममा लिबर्टी ट्याक्सका टंक राय छेत्रीले २०१८ को Tax file  गर्दा अत्यधिक फाइदामा कसरी हुन सकिन्छ भन्ने बारे प्रभावकारी प्रस्तुति गर्नु हुने छ। 
 
आउदो फेबुअरी १०, २०१९ बेलुका ५ बजे लिबर्टी ट्याक्स 2213 Macdonald Avenue, Richmond, CA 94801 मा सम्पन्न हुने सो उपयोगी अन्तरकृयात्मक कार्यसलामा श्रोतव्यक्तिहरुले सहभागीहरूका प्रश्न र जिज्ञासाहरूको सम्बोधन गर्नु हुनेछ। 
 
यो कार्यक्रम नेपाली समुदायलाई कसरी बढी भन्दा बढी सचेत गरी विद्यमान कानुन र सरकारले उपलब्ध गराउने सुविधाबाट लाभान्वित गर्न सकिन्छ भन्ने उद्देश्यले आयोजना गर्न लागिएको जानकारी गराउँदै हेल्पडेस्कका केन्द्रीय सचिव मणि नेपाली पनेरुले सहभागी भई लाभान्वित हुन बेएरियाबासीहरुलाई अनुरोध गर्नु भएको छ ।