मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिका क्यालिफोर्निया च्याप्टरले लस एन्जलसमा मेम्बरसिप ड्राईभ सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

एनआरएनए अमेरिका क्यालिफोर्निया च्याप्टरले लस एन्जलसमा मेम्बरसिप ड्राईभ सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न


क्यालिफोर्निया (अमेरिका)-  एनआरएनए अमेरिका क्यालिफोर्निया च्याप्टरले फेब्रुअरी ३ मा सान फ्रान्सिस्को र फेब्रुअरी ४ मा लस एन्जलस स्थित नान्किंग इन्डो चाईनिज रेस्टुरेन्ट आर्टेसियामा कार्यक्रम सम्पन्न गरियो ।
 
सदस्य बन्ने समय धेरै दिन बाँकी नभएकोले सबैलाई सदस्य बन्नको निम्ति एक छलफल कार्यक्रमद्वारा आह्वान गरियो । च्याप्टर र केन्द्रले अमेरिकाको विभिन्न स्थानमा सदस्यता बनाउने अभियान चलाउन सुरु गरेका छन् । 
कार्यक्रमका प्रमुख अतिथि सुनिल शाहले सबै व्यक्तिको व्यक्तिगत विवरणको सुरक्षा गर्न धेरै उपायहरू अपनाइएको हुँदा ढुक्क भएर सदस्य बन्न आग्रह गरे । 
 
विभिन्न स्थानमा सदस्यता प्राप्ति पश्चात् सुविधा प्राप्त गर्न सकिने व्यवस्था, नेपालमा संयुक्त लगानी लगायतका नयाँ अवधारणा लिएर आउन लागिएको हुँदा सबैले सदस्य बनी हातेमालो गर्दै अगाडी बढ्न शाहले आग्रह गरे । उनले पहिले भएका आजीवन सदस्यले वेबसाइटमा गएर आफ्नो विवरण अपडेट गर्नुपर्ने तथा इमेल भेरिफाइ गरेपश्चात सोहि इमेलमा आउने कोड प्रयोग गरि मतदान गर्न सकिने जानकारी दिए ।
 
उपाध्यक्ष उमा कार्की थापा यस पटक एक दिन पनि सदस्य बन्ने समय नथपिने हुँदा सबैलाई बेलैमा सदस्यता लिन आह्वान गरिन् ।
 
वेबसाइट निर्माण समितिका सह संयोजक तथा बोर्ड अफ डाइरेक्टर गोपेन्द्र भट्टराईले वेबसाइटमा ७ तहको सुरक्षा घेराराखेको छ, तपाइले भरेका विवरण अर्को व्यक्तिले हुबहु हेर्न नसक्ने बताए । सामसुंग फोनबाट सदस्यता भर्दा कहिले फोटो अपलोड नहुने त् कहिले फोटो अपलोड भएर आइडी कार्ड अपलोड नहुने समस्या प्राविधिकसँग सम्पर्क गरी समाधान गर्ने बताए । 
 
पूर्व बोर्ड अफ डाइरेक्टर सूर्य लम्सालले संस्थामा सदस्यता लिनुस् भन्ने भन्दा पनि दिनुस् भन्ने गराउने योजना सहित नयाँ कार्यसमितिमा आउने साथीहरू छान्नुपर्ने बताए र संस्थाप्रति चाहना नभईरहेको परिस्थिति मा राम्रो नेतृत्वको आबश्यकता बताए ।
 
गैरआवासीय नेपालीको हक हितको लागि लड्न राजनैतिक वा कुनै पनि रङ्ग दिएर जानु हुन्न, हाम्रा हकहित सुनिश्चित गर्नको लागि सबैले हातेमालो गर्दै जानुपर्ने नेपाल अमेरिका पत्रकार सङ्घ, नेजाका अध्यक्ष सुदिप पन्तले बताए ।
 
संस्थामा आफू जित्दामात्र लाग्नु पर्छ, पराजित भएपश्चात् किनारमा बसी विरोध गर्नुपर्छ भन्ने मान्यता राख्नु हुन्न भन्दै आफू विगतमा बोर्ड अफ डाइरेक्टरमा पराजित भएर पनि निरन्तर लागिरहेको पशुपति पाण्डेले बताए । पाण्डेले यस पटक पनि साथीहरूसँग सल्लाह गरी फेरी सेवा गर्न आउने सोच रहेको बताए । 
 
विस्कन्सिन च्याप्टर अध्यक्ष बुद्धि सुबेदीले पनि आफू नयाँ कार्यसमितिमा कुनै जिम्मेवारी लिएर आउने सोचमा रहेको बताए । गत निर्वाचनमा क्यालिफोर्निया च्याप्टरको अध्यक्ष पदमा १ मतले पराजित सुरेन्द्र मल्लले आफू पुन: अध्यक्षको जिम्मेवारी लिएर सेवा गर्ने सोचमा अगाडी बढेको बताए ।
 
निर्वाचन समितिका सदस्य हेमराज भट्टले दुईतिहाईको सरकार रहेको यस अवस्थामा गैरआवासीय नेपालीहरूले आफ्नो अधिकार रक्षाकोलागि एकजुट भएर लाग्नुपर्ने बताए । सिटी अफ आर्टेसियाका प्लानिंग कमिस्नर भक्त थापाले कार्यक्रम सफलताको शुभकामना दिँदै अमेरिकाको मेन स्ट्रिममा सबैले लाग्न पहल गर्नु पर्ने बताए । 
 
एनआरएनए अमेरिका क्यालिफोर्निया च्याप्टर अध्यक्ष रामबाबु पाण्डेले आफ्नो चाहना भनेको नै सबै नेपाली दाजुभाइले  समय अवधि भित्र नै यसको सदस्यता प्राप्त गरी आफ्नो हक सुरक्षित गरौ र आफु र आफ्नो परिवारबरुलाई सदस्यता लिनको निम्ति सहयोग गरौ  भन्दै  उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरे ।