मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

निकिता पौडेलले चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट राजीनामा

निकिता पौडेलले चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट राजीनामा


काठमाडौं – निकिता पौडेलले चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट राजीनामा दिएकी छन् । 
 
बुधबारदेखि लागू हुने गरी राजीनामा दिएको उनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पौडेललाई २०७४ मंसिर २५ गते तत्कालिन मन्त्रिपरिषले विकास बोर्डमा अध्यक्ष नियुक्त गरेको थियो ।  
 
उनले आफूले नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक ‘बक्स अफिस’ प्रणाली शुरूवात गरेको र विकास बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाएको पनि उल्लेख गरेकी छन् ।
 
पौडेलले आफ्नो तीन महिनाको तलब श्रीमान् रवि लामिछानेको संयोजकत्वमा बन्न लागेको रास्कोट सामुदायिक अस्पताललाई दिएको समेत विज्ञप्तिमा खुलाएकी छन् ।