मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ड्यालसमा फ्लुबाट चार बर्षिय बालिकाको मृत्यु (भिडियो सहित)

ड्यालसमा फ्लुबाट चार बर्षिय बालिकाको मृत्यु (भिडियो सहित)


हिमालयखवर संवाददाता
टेक्सस(अमेरिका)– टेक्ससको ड्यालस डलास काउन्टी अन्तरगत पर्ने गारल्याण्डकी चार बर्षिय बालिकाको बालबच्चालाई हुने रुघाखोकी फ्लुबाट मृत्यु भएको छ । मृतक बालिकाको परिवारका अनुसार ४ दिन  अघि देखिएको फ्लुफे नसमात्दासम्म बालिका स्वस्थ्य थिईन । चार दिनकै रुवाखोकीले उनलाई लगेको हो । 
 
यदी चाँडै चार दिनमै बालिकाको ज्यान कसरी गयो भन्नेमा परिवार चिन्तामा परेको छ ।
 
चिसोमा हुने रुवाखोकीवाट मृत्यु हुने उक्त बालिका यशान्ति ग्रानेजका पिता मार्टेलका अनुसार आइतवार साँझ चर्चबाट फर्किए छोरीलाई चिसोका कारण हुने रुवाखोकीको लक्षण देखिएको थियो । मंगलवार १०३ ज्वरो आएपछि ती बालिकालाई इर्मेजेन्सी लगिएको थियो । त्यहाँ टाइप ए को फ्लु भएको अस्पतालले बताएको थियो । यशान्तिले फ्लुको भ्याकेसिन लिएकी थिईनन् । 
 
मार्टेलका अनुसार डाक्टरले ज्वरो कम भएपछि उनलाई अस्पतालले घर फिर्ता पठायो । खोकी र घाँटीमा देखिएको खसखस हटाउन मह र कागती दिन चिकित्सकले सुझाव दिएका थिए । ज्वरो कम गर्न औषधी पनि दिन दिन भनिएको थियो । बुधवार सम्म उनलाई ज्वरो त हट्यो तर, केही बिमारीका लक्षणहरु भने थिए ।
 
विहिवार अशान्ति निकै कमजोर र शुस्त देखिएपछि उनी आमाले पुन इर्मेजेन्सी लिएर गएकी थिईन । त्यहाँ उनलाई निमोनिया भएको पत्ता लाग्यो । यसको भोलिपल्ट उनको मृत्यु भयो । तस्बिर: सामाजिक संजाल