मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

न्युयोर्कमा तामाङ समुदायको २८५५ औ सांस्कृतिक पर्व सोनाम ल्होछार भव्य रुपमा सम्पन्न

न्युयोर्कमा तामाङ समुदायको २८५५ औ सांस्कृतिक पर्व सोनाम ल्होछार भव्य रुपमा सम्पन्न


न्युयोर्क (अमेरिका) न्युयोर्कमा तामाङ समुदायको सबै भन्दा ठुलो सांस्कृतिक पर्व सोनाम ल्होछार २८५५ (नयाँ वर्ष) मनाइएको छ । तामाङ सोसाइटि अफ न्यूयोर्कले गत शनिबार विभिन्न कार्यक्रमको आयोजना गर्दै उडसाइडको गुल्सन टेरेस (ढाका क्लब)मा ल्होसार मनाएको हो । 
 
तामाङ सोसाइटि अफ नर्थ अमेरिकाको न्यूयोर्क च्याप्टर अन्तरगत तामाङ सोसाइटि अफ न्यूयोर्क पर्दछ । 
 
गुल्सन टेरेसमा उलेख्य संख्यामा जम्मा भएका तामाङ लगायत नेपाली समुदायले दिउसो १ बजे देखि नै लामा गुरुबाट विशेष पूजा गर्दै ल्होसार मनाउन सुरु गरेका थिए । 
 
ल्होसारमा पहिचान सहित आफ्नो मौलिकता झल्कने सांस्कृतिक कार्यक्रम गरिएको थियो । 
 
न्यूयोर्कमा बासोबास गरिरहेका तामाङ समुदायले पनि नयाँ पुस्तालाई आफ्नो रितिरिवाज, परम्परा, र चाडवाडको जानकारी गराउँदै शुभकामना साटासाट गर्दै सोनाम ल्होसार मनाएका हुन् । 
 
तामाङ सोसाइटि अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामाले विश्वभरी पहिचानको मुद्धालाई अघि सार्दै ल्होसार मनाइरहेको बताए । ‘जनसंख्याका हिसाबले नेपालमा ५ औं स्थानमा भए पनि तामाङ जातिले अझै पनि राजनीतिक, सामाजिक, सांस्कृतिक अधिकार पाउन सकेको छैन’ उनले भने, ‘जसका कारण तामाङ सुमदाय राजनीतिक, शैक्षिक लगायतका क्षेत्रमा पछि परिरहेको छ । राजनीतिक अधिकार प्राप्त गर्न पहिचान सहितको अधिकार चाहिन्छ ।’
 
उनले राज्य नयाँ संरचनामा गइरहेको बेला अमेरिकामा रहेका तामाङ यहाँ मात्र सीमित रहन नमिल्ने बताए । ‘राजनीतिक सामाजिक र पहिचानका मुद्दा कसरी अगाडि बढाउन सकिन्छ भन्ने अभिप्रायका साथ नर्थ अमेरिका गठन भएको हो र हामी यही अभियानमा लागि परेका छौं । कुनै परिवर्तनशिल अभियानको थालनी गर्दा आइपर्ने झिनामसिना समस्या लाई सुल्झाउँदै  संस्थागत रुपमा अघि बढ्नु पर्छ । हामी निकै दिर्घकालिन सोच सहित अघि बढेका छौ ।
समाजलाई सकारात्मक परिवर्तनको अभियानमा लाग्नेहरुलाई तामाङ सोसाइटि अफ न्यूयोर्क मार्फत अघि बढ्न सबैलाई आह्वान गरे । 
 
कार्यक्रममा कार्यक्रममा तामाङ सोसाइटि अफ नर्थ अमेरिका (केन्द्रिय समाज) ले स्थापना गरेको आपतविपत कोषमा किरात याक्थुम चुम्लुङले ५ सय अमेरिकी डलर सहयोग गरि संस्थापक सदस्य बनेको थियो । ५० हजार अमेरिकी डलर जम्मा गर्ने लक्ष्य राखेर दुई महिना अघि स्थापना गरेको उक्त कोषमा ४० हजार अमेरिकी डलर संकलन भइसकेको पनि अध्यक्ष तामाङले जानकारी दिए । 
 
कार्यक्रममा नेपाली महाबाणिज्यदूतावासका कार्यबाहक महाबाणिज्यदूत पुष्पराज भट्टराई लगायत बिभिन्न समुदायका नेपालीहरुको उपस्थिति थियो । सम्पूर्ण तामाङ समुदायलाई प्रतिनिधित्व गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा करिब ६ सय जना व्यक्तिहरुको उपस्थितिमा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।