मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ड्यालासमा अर्को नेपाली रेस्टुँरा

ड्यालासमा अर्को नेपाली रेस्टुँरा


टेक्सास । ड्यालसमा नेपाली ब्यवसाय बढ्ने क्रम जारी रहेको छ । शनिबारदेखि युलेसमा अर्को नेपाली रेष्टुरेण्ट गोर्खा बारको औपचारीक शुरुवात भएको छ । 
 
युलेशको नर्थ मेन स्ट्रिट तथा हारवुड रोडमा रहेको क्रोगर कम्लेक्समा नेपाली रेष्टुरेण्ट गोर्खा बार सुरु भएको हो । युलेसकी मेयर लिण्डा मार्टिनले रिबन काटेर रेस्टुराको उद्घाटन गरेकी हुन् । नेपाली समुदाय र स्थानीय बिभिन्न समुदायका ब्यक्तीहरुको बाक्लो उपस्थिति रहेको उद्घाटन कार्यक्रममा युलेशमा ब्यवसायीहरु थपिएकोमा मेयर मार्टिनले खुशी ब्यक्त गरीन् ।
 
रेष्टुरेण्ट ब्यवासयमा लामो अनुभव संगालेका बिकास कंडेल, बिकेक कंडेल, दिलीप ज्ञवाली र उर्मिला ढकालले सामुहिक रुपमा ब्यवसाय शूरु गरेका हुन् । 
 
नेपाली परिकार सहित बिभिन्न फरक खानामा फरक स्वाद दिएर ग्राहकलाई खुशी पार्ने योजनामा गोर्खा बार रहेको सन्चालक मध्येका एक बिकास कँडेलले बताए । गोर्खा बारमा बिभिन्न कार्यक्रम गर्न पार्टी हल पनि रहेको छ ।