मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

न्यू-इंगल्याण्ड पुन सुपरबल च्याम्पियन

न्यू-इंगल्याण्ड पुन सुपरबल च्याम्पियन


हिमालयखवर संवाददाता- 
अमेरिका । न्यू-इंगल्याण्ड प्याटराट्स पुन सुपरबल च्याम्पियन भएको छ । आइतवार भएको सुपरबलको ५३ औं लिगको फाइनल खेल न्यून अंकमा सिमिति रहेपनि एउटा टचडाउनले प्याटराइट्स छैठौँ पटक अमेरिकी फुटबल लिग च्याम्पियन भएको हो ।
 
प्याटराइट्सले १३ अंक आफ्नो पक्षमा पारेको थियो । प्रतिस्पर्धी लसएञ्जलस र्यामले एउटा पनि टचडाउन गर्न नसकी जम्मा तीन अंकमा चित्त वुझाउनु पर्यो । दुवै टीमले आफ्नो रक्षापंक्तिलाई मजबुत वनाएकाले पनि कम अंकमै जित हार भएको थियो । 
लसएञ्जलस र्यामको खेल खासै चमात्कारिक देखिएको थिएन ।
 
एटलान्टा स्थित मर्सिडिज बेञ्ज स्टेडियममा फाइनल खेल भएको थियो । न्यू-इंगल्याण्ड पहिलो पटक १७ बर्ष अघि सुपरबल च्याम्पियन भएको थियो । यस यता ६ पटक न्यू-इंगल्याण्डले उक्त उपाधि चुम्न सफल भएको हो । 
 
न्यू-इंगल्याण्डका कोचले आफ्ना खेलाडीले विजेताका रुपमा खेलेको प्रतिकृया दिएका छन् । टम ब्राड्ली न्यू-इंगल्याण्डका महत्वपुर्ण खेलाडी थिए । उनी संलग्न भएपछि टिमले ६ पटक सुपरबलको उपाधी चुमेको हो  ।
 
अमेरिकामा सुपरबल सवैभन्दा ठुलो खेल मानिन्छ । खेल हुँदा अमेरिकाका सडकमा गाडी पातलो भएका थिए । स्टोरहरु सुनसान देखिएका थिए । यो खेलमा अर्बौँ डलरको आर्थिक कारोवार पनि हुने गर्छ ।
 
आइतवारको फाइनलसंगै सन् २०१८ मा शूरु भएको सुपरबल ५३ को श्रृंखला समाप्त भएको छ । तस्बिर: सामाजिक संजाल