मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

एप्पलको आइफोनमाथि साइबर हमला

एप्पलको आइफोनमाथि साइबर हमला


एप्पलको आइफोनमाथि साइबर हमला भएको छ । आइफोनको एउटा एपमा बग देखा परेको छ, जसका कारण आइफोन प्रयोगकर्ताले समस्याको सामना गर्नुपरेको छ । ग्रुप फेस टाइमका माध्यमबाट कसैलाई कल गर्दा फोन रिसिभ गर्नेलाई कसले गरेको हो, त्यो नै थाहा नहुने समस्या पनि देखा परेको छ ।
 
प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै ग्रुप फेसटाइमलाई बन्द गरिएको बताइएको छ । यो एपमा अपडेट गरी बगमुक्त गराएपछि मात्र प्रयोगकर्ताका लागि उपलब्ध गराइनेछ ।
 
एजेन्सीको सहयोगमा तयार पारिएको