मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

नेपाल आईडल अमेरिका आउने

नेपाल आईडल अमेरिका आउने


डीसी (अमेरिका) । नेपाल आईडल सिजन २ का अन्तिम सर्वोच्च ३ प्रतियोगीहरु अमेरिका आउने भएका छन् । नेपाल आइडल सिजन २ का बिजेता रबि ओड ,प्रथम बिजेता बिक्रम बराल तथा द्वितीय बिजेता सुमित पाठक आउने भएका छन् । तीनै जना आगामी अप्रिल/मे महिनामा कार्यक्रमको लागी आउने छन् ।
 
उक्त नेपाल आईडल सिजन २ का अमेरिकाको लागि केटिएम इन्टरटेन्टमेन्टले गर्ने छ । आयोजक केटिएम इन्टरटेन्टमेन्टका अनुसार उनीहरुले अमेरिकाका विभिन्न राज्यहरुका विभिन्न शहरहरुमा कार्यक्रम प्रस्तुत गर्ने छन् । कार्यकमको सुरुवात बोस्टन शहरबाट सुरु हुने छन् भने बोस्टनको वनडरल्याण्ड बलरुममा अप्रिल १२ तारिख शुक्रबारका दिन कार्यक्रम हुने छ ।
 
बोस्टनबाट अप्रिल १२ आ सुरु भएको कार्यक्रम मे १२ तारिखका दिन सेन्ट लुइसमा सम्पन्न हुनेछ । आयोजकका अनुसार अप्रिल १२ बोस्टन ,अप्रिल १३ न्यू योर्क ,अप्रिल ९ बाल्टिमोर ,अप्रिल २० वाशिंगटन र अप्रिल २७ तारिख मिनेसोटा ,अप्रिल २८ ड्यालस ,मे ३ अस्टिन ,मे ४ सन फ्रान्सिस्को ,मे १ लस एन्जेलस तथा अन्तिम मे १२ मा सेन्ट लुइसमा हुने छ ।
 
आयोजकका अनुसार सन् २०१९ को सबै भन्दा बृहत कार्यकम हुने छ भने नेपाल आइडलका प्रशंसकहरु कार्यकम हेर्न प्रतिक्षारत रहने छन् । उनीहरुले आफ्नो मौलिक,साँस्कृतिक तथा स्वाभाविक गीतहरु प्रस्तुत गर्ने छन् ।
 
न्यू योर्कमा नेपाली नयाँ बर्ष को दिन कार्यकम प्रस्तुत हुने छ भने कार्यक्रम मेलरोज बलरुम एस्टोरिया न्यू योर्कमा हुने छ । केटिएम इन्टरटेन्टमेन्टका संस्थापक राकेश गुरुङ नेपाल आइडल सिजन २ अहिले सम्म कै सर्वाधिक रुपमा बिश्व ब्यापीरुपमा बिधुतिय प्रणाली सहित हेरिएको बताउदछन । नेपाल आइडलकि कार्यक्रम प्रस्तोता रिमा विश्वकर्माले कार्यक्रम संचालन गर्ने छिन् ।