मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

मेरिल्याण्ड जनरल एसेम्वलीको एएपीआई ककसमा भण्डारी निर्वाचित

मेरिल्याण्ड जनरल एसेम्वलीको एएपीआई ककसमा भण्डारी निर्वाचित


एनापोलिस, (मेरिल्याण्ड)– मेरिल्याण्डको जनरल एसेम्वलीमा निर्वाचित एशियन मूलका विधायक तथा सिनेटरहरुको समूह एएपीआईले शुक्रवार विधिवत पूर्णता पाएको छ ।
 
सिनटेर सुजन लिको अध्यक्षतामा रहेको एशियन अमेरिकन प्यासिफिक आईल्याण्डर्सको ककस समूहको पहिलो उपाध्यक्षमा क्रिसेला भाल्डारामा, प्रथम उपाध्यक्षमा क्लारेन्स लामलाई निर्वाचित गरेको छ । 
 
अध्यक्षमा निर्वाचित भएकी ली मेरिल्याण्डको जनरल हाउसमा सन् २००२ देखि निर्वाचित भएकी छन । अहिले मेजरीटी व्हिपको रुपमा सिनेटमा काम गर्छिन ।  उक्त ककस सन् २०१५ देखि क्रियाशील रहेको छ । अहिले मेरिल्याण्ड जनरल एसेम्वलीमा रहेका पाँच मुख्य ककश मध्ये एएपिआईको ककस महत्वपूर्ण मानिन्छ । 
 
लामले साउथ एशियन मूलका जे जेलेसीलाई फराकिलो मत अन्तरले हराएका थिए । लाम मेरिल्याण्ड जनरल एसेम्वलीमा सिनेटरको रुपमा कार्यरत छन भने उनी जन हपकिन्स अस्पतालको कार्यकारी निर्देशकको रुपमा समेत काम गर्छन् । उनी अमेरिकाको पेन्सलभेनियामा जन्मिएका चिनियाँ मूलका हुन् । 
 
एएपिआईको टेजररमा हयारी भण्डारी र नीति निर्माण तहमा ओनेका फिसरलाई निर्वाचित गरेका छन् । भण्डारी मेरिल्याण्ड जनरल एसेम्वलीमा पहिलो पटक निर्वाचित भएर उक्त ककस समूहको महत्वपूर्ण पदमा निर्वाचित भएका हुन् । पहिलो कार्यकालमा नै ककसमा महत्वपूर्ण जिम्मेवारी पाउनेमा भण्डारी सानो सूचीको विधायकमा पर्छन् । संयुक्त सदनको कमिटिमा रहेका सदस्यहरुको वीचमा भएको यो निर्वाचनमा भण्डारीले आफूलाई नेतृत्व पंक्तिमा उभ्याउन सफल भएका छन् । 
 
उक्त कार्यक्रमलाई सम्बोधन गर्दे लिले एएपिआई सँग चासो रहेका विभिन्न मुद्दाहरुमा ककसले काम गर्ने जानकारी दिईन । उनले यस्ता कार्यक्रमहरुमा डाका (वाल्य अवस्थामा अमेरिकामा आएकाहरुको लागि प्रदान गरिएको आप्रवासन सुविधा), यूभिषाको प्रक्रिया लगायत विभिन्न विषयहरु रहेको समेत बताइन् । 
 
कार्यक्रममा मेरिल्याण्ड राज्यकी टेजरर न्यासी कोपले विभिन्न आर्थिक तथा वित्तीय विषयमा डेलिगेट तथा सिनेटरहरुलाई जानकारी गराएकी थिईन् ।   
 
यसै गरि ककस समूहले आगामी मार्च १२ तारिखमा लेजिसलेटिभ ककस नाईट को आयोजना गर्ने भएको छ । कार्यक्रममा एएपिआई ककसका कार्यकारी निर्देशक माईकल लोरेले आगामी कार्ययोजनाको वारेमा जानकारी गराएका थिए । एएपीआई ककसमा भारतीय मूलका पहिलो निर्वाचित प्रतिनिधी कुमार वारवे मार्क एस चाङ्ग,डेभिड मून लगायतका सिनेटर तथा डेलिगेटहरु रहेका छन् ।