मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा कक्षा नगई पे टु स्टे गर्ने विद्यार्थीहरु माथि कडाई

अमेरिकामा कक्षा नगई पे टु स्टे गर्ने विद्यार्थीहरु माथि कडाई


अमेरिका – विद्यार्थी भिषामा आएर अमेरिकामा कानुनी रुपमा बस्नकै मात्र लागि कजेल भर्ना हुने तर कक्षा नजाने र नपढ्ने माथि अमेरिकाले कडाई गरेको छ । यस्तो पे टु स्टे भिषा लिने वस्ने विद्यार्थी र यसमा संलग्न माथि अमेरिकाको डिपाटमेण्ट होम ल्याण्ड सेक्यूरिटी (डीचएएस)ले कडाई गरेको हो । गत साता मात्र यसरी यसमा संलग्न ८ व्यक्ति र विद्यार्थी गरी १०० भन्दा वढी गिरफ्तार भएका छन् । यसमा अधिकांश भारतीय छन् ।
 
यो प्रकरणमा गिरफ्तार हुने ८ जनापनि भारतीय मुलका छन् । जस मध्ये ६ जनालाई डेट्रोइट क्ष्ँेत्र र बांकीलाई भर्जिनिया र फ्लोरिडामा गिरफ्तार गरिएको हो ।
 
 
 
 
डीएचएसले आफैं गोप्य अभियानका रुपमा डेट्वाइटमा नक्कली युनिभरसिंटी अफ फार्मिगंटन स्थापना गरी दुई बर्ष देखि अनुसन्धान गरिरहेको थियो । उक्त विश्वविद्यालयका वारेमा इन्टरनेटमा विभिन्न जानकारी राखिएपनि न पाठ्क्रम थियो न कक्षानै लिन पथ्र्यो । उक्त अनुसन्धानमा त्यहांवाट ६ सय जनालाई अवैध तरिकावाट अमेरिका वस्न मदत पुर्याईएको आरोप गिरफ्तार हुनेलाई लगाईएको छ ।
 
उक्त सरकारी अधिकारीले अनुसन्धानका लागि खोलिएको विश्वविद्यालयमा विद्यार्थी ल्याएर ती व्यक्तिहरुले २ लाख ५० हजारभन्दा वढी नाफा कमाएको खुलेको छ ।
 
यो अनुसन्धानका लागि संचालन गरिएको अभियान यस्तो अवैध कार्यमा संलग्न हुनेलाई कुनै जानकारी सम्म थिएन । उक्त विश्वविद्यालयले आफ्नो वेभसाइटमा भर्ना प्रकृयाका वारेमा जानकारी गराईएको थियो । विद्यार्थीलाई निश्चित रकम तिरेपछि कक्षामा नआएपनि, नपढेपनि स्टाट्समा वस्न पाइने जानकारी दिईएको थियो । यस्तो जांदा जान्दै पनि विद्यार्थी भर्ना हुन आएकाले उनीहरुलाई दोषी वनाईएको सरकारी अधिकारीको दावी छ । यसमा धेरै भारत र चीनका विद्यँर्थी छन् ।
 
अमेरिकामा विद्यार्थी भिषामा आउनेले तोकिए बमोजिम कलेजमा पढ्नै पर्छ । कलेज छाड्दा आउट अफ स्टयाट्स (अबैध) भईन्छ । कयौं नेपाली विद्यार्थीहरु कजेल नजांदा आउट अफ स्ट्याटस हुने गरेका छन । आउट अफ स्ट्याटस हुदां विभिन्न समस्या आउंछन् । काननी रुपमा अमेरिका वस्न अन्य उपाय खोज्नुपर्ने हुन्छ । विभिन्न कारणले पढ्न नसकेपछि पनि विद्यार्थी आउट अफ स्ट्याटस हुन सक्छन् ।
 
यो अफरेसनमा नेपाली विद्यार्थी परेको जानकारी छैन ।
 
डीएचएसको यो अभियानका क्रममा इमिग्रेशन एण्ड कस्टम इन्र्फोस्मेण्ट (आईसीई)ले १३० जना विद्यार्थी गिरफ्तारीमा परेको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
 
अमेरिकाका लागि विदेशी विद्यार्थी महत्वपुर्ण सम्पत्ति भएपनि यस्तो जानीजानी गरिएको अवैध कार्य क्षमा लायक नहुने मेचिगनका सरकारी अधिकारीले वताएका छन् ।
 
पे टु स्टेका रुपमा रहेका विद्यार्थी र कलेजलाई कारवाही गरिएको यो पहिलो पटक भने होइन यस अघि पनि समय समयमा यस्तो कारवाही अभियान चलाईएको थियो ।