मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

सहुलियतपूर्ण कर्जा दिन सबै बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

सहुलियतपूर्ण कर्जा दिन सबै बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन


काठमाडौँ – नेपाल राष्ट्र बैंकले सबै शाखाहरुबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले परिपत्र जारी गरी सबै बैंकहरुलाई यस्तो निर्देशन दिएको छ ।
 
सरकारले जारी गरेको कार्यविधि अनुसार सहुलियतपूर्ण कर्जा नपाएको भन्दै गुनासो आएपछि राष्ट्र बैंकले परिपत्र नै जारी गरेर आग्रह गरेको छ । सरकारले गत असोजमा ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ तयार गरी लागू गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको थियो ।
 
कार्यविधिअनुसार इच्छुक र योग्य आवेदनकर्तालाई सबै शाखाबाट ऋण उपलब्ध गराउन वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन छ ।