मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

चर्चित कलाकार बीएस राणको निधन

चर्चित कलाकार बीएस राणको निधन


काठमाडौं- चर्चित कलाकार बीएस राणको निधन भएको छ । एक साताअघि स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका चर्चित कलाकार वीएस राणाको निधन भएको छ ।
 
उनको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले जानकारी दिइन् । उपचारको क्रममा उनको मुटुमा पनि समस्या देखिएको थियो ।
 
राणाले एक दर्जनभन्दा बढि नेपाली फिल्ममा अभिनय गरेका थिए । उनले ‘दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छाया २ लगायत थुप्रै चलचित्रमा अभिनय गरेका थिए ।
 
उनि श्री ३ जंगबहादुुर राणाका पाँचौं पुस्ताका कलाकार पनि थिए I