मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सिराहामा प्रधानमन्त्रीको पुत्ला दहन

सिराहामा प्रधानमन्त्रीको पुत्ला दहन


सिराहा । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सिराहाले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ । 
 
जिल्ला अध्यक्ष मो मुस्ताकको नेतृत्वमा सिराहाको लाहानमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरिएको हो । 
 
विभिन्न नाराहरुसहित डाक्टर केसीको माग पूरा गर, माफिया सरकार मुर्दावाद, भ्रष्ट सरकार मुर्दावादलगायतका नावाबाजी गरेका थिए । 
 
प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै नेविसंघका केन्द्रीय सहमहामन्त्री परमेश्वर साहले माग पूरा नभए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए । उनले प्रम ओलीले देश माफियाको जिम्मामा सुम्पिएको आरोप लगाए ।
 
नेपाली कांग्रेसका महसमिति सदस्य विष्णु साह बनियाले ओली सरकारले देशलाई माफियाकरण गरेको बताए ।