मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

डा केसीसँगको सम्झौता सरकारले तोड्यो : प्रवक्ता शर्मा

डा केसीसँगको सम्झौता सरकारले तोड्यो : प्रवक्ता शर्मा


पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डा गोविन्द केसीसँग यसअघि गरिएका सम्झौता तोड्दै चिकित्सा शिक्षा विधेयक पास गरेकोप्रति आपत्ति व्यक्त गरेका छन् । 
 
प्रेस युनियन कास्कीद्वारा आयोजित पत्रकार भेटघाटमा उनले चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ को मर्म र भावना तथा अन्य कार्यदलका प्रतिवेदनसमेत लत्याइएको बताए ।
 
एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भन्ने दफामा पनि डा केसीसँगको सम्झौता भएको तर त्यसमा समेत कुनै सुनुवाइ नभएको प्रवक्ता शर्माले उल्लेख गरे ।
 
विसं २०४६ अघि दुई मेडिकल कलेज भएको देशमा अहिले दुई दर्जन पुगेका उल्लेख गर्दै उनले राजधानी काठमाडाँैमा अहिले मेडिकल कलेज आवश्यक नरहेको बताए ।
 
डा केसीका माग वर्तमान सरकारले सम्बोधन नगरे पनि बहुमत आउँदाको अवस्थामा ती मागलाई सम्बोधन गर्न कांग्रेस तयार रहेको उनले बताए । अनशन बसेको २३ दिन पुग्दै गर्दा डा केसीको स्वास्थ्य गम्भीर बन्दै गएको बताउँदै प्रवक्ता शर्माले डा केसीको जीवनरक्षा नगरे आन्दोलन चर्काउने चेतावनी दिए ।
 
सरकारले एक वर्षको अवधिमा कुनै जनपक्षीय काम नगरेको आरोप लगाउँदै उनले भ्रष्टाचार, अनियमितताका साथै सरकारको मनोमानीका विरोधमा कांग्रेसले माघ २१ गते देशैभरि  विरोधको कार्यक्रम अगाडि सारेको जानकारी दिए । रासस