मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

शिव शर्मा चञ्चलको शब्दमा किसन र रेश्माको स्वरमा कुम जोडी नाचौ लाग्यो शुक्रबार सार्वजनिक

शिव शर्मा चञ्चलको शब्दमा किसन र रेश्माको स्वरमा कुम जोडी नाचौ लाग्यो शुक्रबार सार्वजनिक


टेक्सस (अमेरिका)- गीतकार शिव शर्मा चञ्चलको रोमान्टीक शब्द रचनामा गायक किसन रेग्मी र रेश्मा केसीको स्वरमा सजिएको कुम जोडी नाचौ लाग्यो…. बोलको रोमान्टी गीत भोली शुक्रबार सार्वजनिक हुदैछ । युएस मिडिया नेटवर्क मार्फत गीत सार्वजनिक हुदैछ । 
 
यसअघि कान्छि कान्छि बोलको गीत गाएर चर्चामा आएका युएस खबर डटकमका संचालक समेत रहेका रेग्मीले गीत बजारमा ल्याउन लागेका हुन । गीतमा उनकै लगानी रहेको छ ।
 
  डान्सीङ नम्बरको यो गीतमा एसडि योगीले संगीत दिएका छन् । यस अघि विरह भावका गीत लेख्दै आएका चञ्चलको यो  बेग्लै शब्द रचना रहेको गीतको म्युजिक भिडियो समेत निर्माण भएको छ । सिने निर्देशक शिशिर रानाले गीतको म्युजिक भिडियो निर्देशन गरेका हुन । 
 
गीतमा निकोलस अर्याल र एन्जल श्रेष्ठले अभिनय गरेका छन् ।  अमेरिकाको  एच एस रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड भएको हो ।  म्युजिक भिडियोको छायाङकन काठमान्डौका विभिन्न रमणीय स्थानहरुमा भएको हो । गीत युएस मिडियो नेटवर्कले  बजारमा ल्याउन लागेको हो । 
 
यस अघिको कान्छि बोलको गीत भन्दा यो गीतले दर्शक बटुल्ने अपेक्षा गायक किसन रेग्मीले राखेका छन् । ‘यो गीत सबै दृष्टिकोणले उत्कृष्ट बनेको छ’ गायक रेग्मीले भने–‘चर्चा बटुल्नेमा म विश्स्त छु ।’