मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

डा केसीको जीवनरक्षाका लागि चिकित्सक संघको ध्यानाकर्षण

डा केसीको जीवनरक्षाका लागि चिकित्सक संघको ध्यानाकर्षण


काठमाडौँ । नेपाल चिकित्सक सङ्घले अनशनरत् प्राडा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै उनले उठान गरेको मागलाई छिटोभन्दा छिटो सम्बोधन गर्न सरकारको पुनः ध्यानाकर्षण गराएको छ । 
 
संघका आजीवन सदस्यसमेत रहेका प्राडा केसीको स्वास्थ्य स्थिति नाजुक हुँदै गएको भन्दै संघले बिहीबार एक विज्ञप्तिमार्फत आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर मागलाई सम्बोधन गर्न सरकारसित आग्रह गरेको हो । 
 
संघका महासचिव डा लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट छिटो समस्याको समाधान गर्न सरकारसित माग गरिएको छ । साथै आफ्नो पूर्ववत् आन्दोलनका कार्यक्रम जारी रहेको संघले जनाएको छ । 
 
सरकारले आफूसित विगतमा गरेका सम्झौताका केही बुँदा छुटाई ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ तयार गरेपछि असन्तुष्टि राख्दै प्राडा केसीले १६औँ अनशन शुरु गरेका थिए । 
उनले अनशन शुरु भएको आज २३ दिन भएको छ । उनको उपचारमा संलग्न चिकित्सकले डा केसीको स्वास्थ्य स्थिति अन्त्यन्त कमजोर हुँदै गएको जनाएका छन् । 
 
सरकारले माफियालाई फाइदा पुग्ने गरी संसद्मा पेस गरेको विधेयक प्रतिपक्षी दल कांग्रेसको असहति हुँदाहुँदै पनि पेलेरै पारित गरेको थियो । जसका कारण कांग्रेसले संसद् अवरुद्ध गर्नुका साथै देशभर सडक संघर्ष गदैृ आएको छ ।