मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

नेपाली व्यवसायीले विदेशमा कम्पनी खोले, बैंक खाता राखे भनेर हल्ला गर्नु वकवास

नेपाली व्यवसायीले विदेशमा कम्पनी खोले, बैंक खाता राखे भनेर हल्ला गर्नु वकवास


नेपालमा केही दिन अघि विदेशमा नेपालीको यती लगानी छ, बैंक खाता छन भन्ने समाचार आयो । अहिले यो त्यसै सेलाएर गयो । विदेशमा जसको लगानी छ, खाता छ भनियो नाम आयो कसैलाई आश्चर्यमा पारेन । त्यहां खाली व्यवसायीको नाम थियो । ब्यवसायीको विदेशमा लगानी र खाता हुनु अहिले सामान्य हो । हज्जारौं नेपालीका अहिले विदेशमा खाता छन् । कहिले कांही त नेपालका गाउंको हुलाकमा समेत विदेशी बैंकले पठाएको खाता विवरण उल्लेखित पत्र पुग्ने गर्छ ।
 
विनय पढ्न अमेरिका आएका थिए । यहां पैसा कमाउन सकिने अवसर देखे, लगानी गरे । त्यसवेला उनीसंग अमेरिका स्थायी रुपमा वस्न पाउने विद्यार्थी भिषा वाहेक कुनै कागजात थिएन । तर, अवसर देखेका थिए टेक्ससमा कम्पनी खोले व्यवसाय गरे । केही बर्ष मै उनले १४, १५ करोड रुपैंया कमाएर नेपाल पठाए । त्यहां जग्गा जमिन किने । टेक्ससमा अहिलेपनि उनका थुप्रै कम्पनी र व्यवसाय छन् । उनको लगानी विस्तार गर्ने क्रम रोकिएको छैन । नेपालमा घरजग्गामा लगानीवाट माथि उठेर नयां कम्पनीमा पनि उनले लगानी शुरु गरेका छन् । यो ४० बर्षपनि नपुगेका नेपाली युवाको सफलताको कथा हो ।
टेक्ससमा यस्ता थुप्रै नेपाली भेटिन्छन् । विद्यार्थीका रुपमा आएर अमेरिकामा दुख्ख गरेर कमाएको पैसा लगानीवाट एक सयवटा भन्दा वढीका स्टोर मालिक भएकाहरु पनि छन् । उनीहरुका यहां कयौं व्यवसाय र कम्पनी छन । लगानी अमेरिकामा मात्र सिमित छैन । नेपाल पनि लगेका छन् ।
 
अमेरिकाको लसएञ्जसमा वेदभक्त जोशी परिवारले स्थायी बसोबास गरेको करिव ४० बर्ष भयो । उनका छोरा किरणभक्त जोशी हलिउड शहर लसएञ्जलसै वढ्े । पढे । उनको अमेरिकामा एनिमेशन स्टुडियो छ । खोज पत्रकारिता केन्द्र नेपालले विदेशीसंस्था आईसीआईजेसंग मिलेर सार्वजनिक गरेको विदेशमा लगानी गर्ने व्यक्तिको सूचीमा जोशीको नाम पनि परेको छ । नेपालका व्यवसायी संजिवराज भण्डारीसंग जोशीलाई जोडिएको छ ।  जोशी न नेपालमा वसे न त्यहां कमाए । अमेरिकामा अवसर देखे, कम्पनी खोले व्यवसायी वने । उनको स्टुडियो दुई बर्ष अघि रिलिज भएको हलिउडको चर्चित फिल्म द लाएन किंगमा संलग्न भएको थियो । उक्त फिल्मवाट जोशी चर्चित पनि भएका थिए । द वासिंटन पोष्टले जोशी र उनको कम्पनीको कामको प्रशंसा गर्दै समाचार पनि दिएको थियो ।
 
अमेरिकामा फ्लोरिडा देखि हवाईका टापुसम्म नेपालीका व्यवसाय छन् । टेक्ससमा मात्र झण्डै एक हजार ग्यांस स्टेशनमा नेपालीको लगानी भएको वताईन्छ । दुई चारवाट स्टोरहुने नेपाली सामान्य भईसके । ग्यांस स्टेशन वाहेक आईब्रे थ्रेडिगं, रेष्टुरेष्ट, फास्डफुड, घरजग्गा किनवेच, होटल लगायतमा नेपालीले लगानी गरेका छन् । यसका लागि नेपालीका नाममा अमेरिकामा  हज्जारौं कम्पनी  भेटिन्छन् । अमेरिका मात्र होइन, खाडी मुलुक, मलेसिया, जापान, यूरोप देखि अष्ट्रलियासम्म नेपालीका व्यवसाय छन्  । उपेन्द्र महतो , शेष घले, भवन भट्ट, जिवा लामिछाने विदेशमा सफल व्यवसाय गर्दै आएका नेपाली हुन् । यसमा थुप्रै अरुपको नाम पनि थप्न सकिन्छ । भवनले एक बर्ष अघि सार्वजनिक रुपमा आफ्नो कम्पनीले विदेशमा बार्षिक झण्डै ३० अर्ब रुपैंया बरावरको कारोवार गर्ने दावी गरेका  थिए । शेष अष्ट्रेलियाका धनी १०० जना भित्र पर्छन । जीवा युरोपका विभिन्न देशमा होटल चलाउंन । यस क्रममा त्यहां उनका कयौं कम्पनी र बैंकमा खाता हुने भए ।
 
रुसमा पढ्न जांदा त्यहां कमाउने अवसर देखेर उपेन्द्र महतो व्यवसायी हुन पुगे । उनले कयौं देशमा लगानी गरेका छन् । कम्पनी चलाईरहेका छन् । उनले चाहेको भए सायद धनीहरुको सूची वनाउन फोब्र्समा आउन सक्थे । महतोले नेपालमा पनि कम लगानी गरेका छैनन् । मेडसिटी अस्पतालमा उनको ठुलो लगानी भएको छ । नेपालमा बैंक, हाइड्रो, संचार लगायतका क्ष्ँेत्रमा महतोले अरर्बौ रुपैंया लगानी गरेका छन् । विदेशमा कमाएको पैसा उनले नेपालमा लगेर लगानी गरेका हुन् । पैसा कानुनी रुपमा जहांवाट सजिलो हुन्छ त्यही बाट लानुपर्ने हुन्छ । व्यवसायीले सजिलो र फाइदा खोज्नु समान्य पनि हो । उपेन्द्रले त्यही गरे जुन व्यवसायीले गर्छ ।
 
नेपालमा लगानी गर्न लागेका नेपाली व्यवसायीले हास्दैं भने ,मैले नेपालमा लगानीका लागि अमेरिकावाट पैसा लैजानु थियो ,यसका जानकारले भने पानामावाट पठाउनुहोस सजिलो हुन्छ, सस्तो पर्छ , मैले त्यहां सुझाव मानिन् नत्र मेरो नाम पनि आउने रहेछ ।
 
अमेरिकाको न्यूयोर्कमा कानुन व्यवसाय गर्ने खगेन्द्र जीसी भन्छन् नेपाली व्यवसायी जसले विदेशमा व्यवसाय गर्छ उसको विदेशमा कम्पनी र बैंक खाता हुनु सामान्य हो । यसलाई गलत रुपमा चित्रण गर्नु वकवास हो ।
 
नेपालमा २०२१ सालमा वनेको कानुनले विदेशमा लगानी गर्न प्रतिवन्ध लगाएको छ । करिब १० बर्ष अघि तत्कालिन अर्थमन्त्री डा रामशरण महत द्धारा प्रस्तुत सरकारको बजेट व्यक्तब्यमा नेपालीलाई विदेशमा लगानी गर्न बाटो खुला गर्ने गरी कानुन, नियम ल्याउने घोषणा भएको थियो । यो बजेटलाई तत्कालिन संसदले स्विकृत गरेको थियो । तर, यस अनुसार कानुन भने अहिले सम्म आएको छैन ।
 
विदेशमा लगानी गर्ने नेपाली व्यवसायीको प्रश्न छ ? संसदले स्विकृत गरेको बजेट अनुसार किन कानुन आएन ?
 
यही थत्रो कानुनका कारण विनोद चौधरीले डराई डराई विदेशमा आफ्नो व्यवसाय विस्तार गरेका थिए । नेपालमा माओवादीको द्धन्द्धका कारण असुरक्षा, चन्दा आतंकले लगानी गर्ने वातावरण थिएन । यो वाध्यताले विनोद कानुन नभएपनि विदेशमा व्यवसाय गर्ने अवसर छोप्न पुगेका थिए । अहिले विनोद तेस्रो विश्व भनिने नेपाल जस्ता गरिब देशवाट उदाएका बहुराष्ट्रिय उद्यमी भएका छन् । उनको आक्रमक व्यवसाय विस्तार गर्व गर्न लायक छ ।
 
अहिले विकसित देशका मात्र बहुराष्ट्रिय उद्यमी हुन्छन भन्ने परम्परागत मान्यता गलत सावित भईसकेको छ । भारत, चीन, अफ्रिका लगायतवाट कयौं बहुरािष्ट्रय उद्यमी उदाएका छन् । नेपाल भन्दा पछि आर्थिक उदारिकरण शुरु गरेको भारतले आफ्ना व्यवसायीलाई बहुराष्ट्रिय वन्न अभिप्ररित गरिरहेको छ । चीन यसमा अझ आक्रमक छ । भारत र चीनका व्यवसायी युरोप, अमेरिका, अफ्रिका पुगिसकेका छन् । यसमा त्यहांको सरकारको पनि सहयोग छ ।
जीसी भन्छन् अमेरिकामा पनि कयौं कम्पनीले ट्याक्स हेभन भएका देशमाकम्पनी खोलेर कर वचाएका छन् । व्यवसायमा यो हुन्छ, उनले भने रेमिट्यान्स व्यवसाय गर्ने नेपालको कम्पनीले विदेशमा कमपनी खोल्यो यो के असमान्य भयो र , जीसीले भने ।
 
खाडीमा व्यवसाय गरेका रामेश्वर शाहले आफ्नो फेसबुकमा लेखेका छन् ,६० लाख गैर आवासिय नेपालीहरुको प्रवासमा परिवर्तित मुद्राका बैंक खाताहरु छन् । कतिपय खाताहरु दैनिक प्रयोजनका लागि छन भने कतिपय नियमित बचत र व्यवासायिक लगानीका  । ति सबै रकम कालो धन होइन । देश भित्र खरर्बौ हसुर्ने लाई उन्मुक्ति दिदैं गर्दा बािहर कमाएर राखेका केही अरबमा के को रोईलो ।
 
खोपकेको समाचार पछि व्यवसायी चन्द्र ढकालले पत्रकार सम्मेलन नै गरेर भने स्विस बैंकमा हाम्रो कुनै खाता र रकम मौज्दात भेटिए त्यो सरकारले जफत गरोस्, त्यस्तो गैरकानुनी काम गरेको फेला पारे हामीलाई दण्डित गरियोस ।
व्यवसायी ढकाल नेपालमा बैंकिगं प्रणाली मार्फत रेमिट्यान्स ल्याउने अग्रणी व्यवसायी हुन् । चन्द्रागिरी केवलकार, बैंक लगायतमा उनको लगानी छ । सात वटै प्रदेशमा होटल र व्यवसाय खोल्ने योजनामा उनी सकृय छन् । आफ्नो व्यवसायमा नेपाल भित्र र वाहिर उनले सयौं नेपालीलाई रोजगार दिएका छन् । अन्य नेपालका व्यवसायीलेपनि यो हल्लाको प्रतिवाद गरेका छन् ।
 
विदेशमा नेपालीको कति लगानी भएको छ यसको अध्ययन भएको छैन । तर, करिव ३ लाख नेपाली समुदाय वस्ने अनुमान गरिएको अमेरिकामा मात्र भण्डै २०० अर्ब रुपैंया नेपालीले विभिन्न कम्पनी र व्यवसायमा लगानी गरेको अनुमान छ । यो वढ्दो क्रममा छ । यसरी व्यवसाय गर्ने एकादुई अपवादलाई छाडेर सवैले यही कमाएर व्यवसाय विस्तार गरेका हुन् । गत आर्थिक बर्ष अमेरिकावाट मात्र १७० अर्ब रुपैंया रेमिट्यान्स नेपाल गयो । यसमा विनयजस्ता अमेरिकाका व्यवसायीले पठाएको पैसाको हिस्सा उल्लेख्य छ । अमेरिकावाट गएको पैसा घरजग्गा जोड्न लगायत विभिन्न व्यवसाय गर्न र व्यवसायमा लाग्ने आफन्त र साथीभाईलाई सहयोग गर्न लगानी भएको छ ।
 
नेपालको कुल जनसंख्या मध्ये करिव २० प्रतिशत नेपाल वाहिर रहेको अनुमान छ । नेपालीहरु विश्वका धेरै देशमा पुगेका छन् । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ७५ भन्दा वढी देशमा गठन भएकाले पनि यसलाई पुष्टि गर्छ । यसरी जाने नेपालीका नामा विदेशमा हज्जारौं बंैक खाता, कम्पनी र व्यवसाय छन् । कसैले कर छलेर , भष्ट्रचार गरेर नेपालवाट विदेशमा पैसा लग्यो, भने यो गतल हो कारवाही गर्नु पर्छ जीसी भन्छन् तर, कसैले विदेशमा व्यवसाय गर्छ भने किन आपत्ती ?