मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    

रोबोटले गर्न थाल्यो अमेजनमा सामान अर्डर

रोबोटले गर्न थाल्यो अमेजनमा सामान अर्डर


अमेरिका – इ- कमर्श कम्पनी अमेजनले रोबोटबाट ग्राहकहरुको घरसम्म सामानहरु पुर्‍याउने सेवाको परीक्षण सुरु गरेको छ । अमेरिकाको वाशिङटन राज्यमा अमेजनले आफ्नो डेलिभरी रोबोट स्काउटको परीक्षण सुरु गरेको हो ।
 
वाशिङटन राज्यको नोहोमिस काउन्टीमा विभिन्न ६ वटा स्वचालित रोबोट ट्रकबाट ग्राहकको घरसम्म सामानहरुको पूर्‍याउन सुरु गरिएको छ ।
 
सुरुवातमा ती आपूर्ति रोबोटहरु दिनको समयमा मात्र सञ्चालित हुनेछन् र सुरुवातमा अमेजनका कर्मचारी पनि रोबोटको सहयोगमा खटिनेछन् । रोचक त के भने यी रोबोट ट्रकहरु मूल सडकबाट नभै सडकपेटीबाट गुड्नेछन् ।
 
अमेजनका उपाध्यक्ष सिन स्कटका अनुसार स्काउट रोबोट ट्रकहरु अमेजनको सिएटलस्थित अनुसन्धान तथा विकास ल्याबमा तयार गरिएको हो । यो रोबोटले सडक पेटीमा गुडिरहँदा बाटोमा रहेका मानिस, कुकुरहरु तथा अन्य चिजवस्तुलाई समेत राम्रोसँग पहिचान गर्नसक्दछ र दुर्घटनाको सम्भावना रहेको छैन ।
 
एउटा विज्ञापनिक भिडियोमा अमेजनको स्काउट रोबोटले ग्राहकको घरसम्म सामान पूर्‍याएको र सामानको क्रेता घरबाहिर निस्किएलगत्तै रोबोटको ढोका स्वचालित रुपमा खुल्ने र क्रेताले आफ्नो सामान आफै निकाल्न सक्ने देखिएको छ ।
 
यद्यपि रोबोटको उक्त डेलिभरी प्रक्रिया कसरी हुन्छ भन्ने कुराको विस्तृत विवरण दिइएको छैन । साथै यदि ग्राहक उक्त समयमा घरमा नभएमा सामान लिएर गएकेा रोबोटले के गर्छ ? भन्ने कुरा पनि बताइएको छैन ।
 
यद्यपि स्काउट मात्र एउटा रोबोट होइन जसले बजारमा सामानहरुको आपूर्ति गर्दछ । रोबोट कम्पनी स्टारर्ससीप टेक्नोलोजिजले हालै दुई दर्जन यस्ता स्वचालित रोबोटहरु उत्पादन गरेको छ जसले भर्जिनियास्थित कलेजका विद्यार्थीलाई कफी र पिज्जा डेलिभरी गर्दछ ।
 
जर्ज म्यासन विश्वविद्यालयका क्याम्पस हातामा एपमार्फत अर्डर गरिसकेपछि रोबोटले सामान डेलिभर गर्दछ ।
 
त्यस्तै सन फ्रान्सिस्कोमा यसअघि नै विभिन्न प्रविधि कम्पनीहरुले डेलिभरी रोबोट बनाएर प्रयोगमा ल्याइरहेका छन् । यद्यपि यस्ता स्वचालित रोबोटहरु बाटोमा गुडिरहँदा आउने सुरक्षा चुनौतिको बारेमा आलोचना पनि भैरहेको छ । साभार:बीबीसी