मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

कोइरालाको हावामा उँड्ने माछो (भिडियो सहित)

कोइरालाको हावामा उँड्ने माछो (भिडियो सहित)


टेक्सस । नयाँ पुस्ताका गीतकार विभूतिराज कोइराला अाफ्नो नयाँ गीतका साथ फेरि श्रोता माझ अाएका छन् । 
 
हाल अमेरिकामा रहँदै अाएका कोइराला ‘हावामा उड्ने माछो कतै त हुँदो हो नि, आकाशका सबै तारा गन्न सकिएला नि’ शब्दको गीत मार्फत श्रोता माझ अाएका हुन । उनको यो गीत यूटुवबाट सार्वजनिक भएको छ । 
 
विराटनगर–११ बसपार्कका विभूतिराज कोइरालाको आफ्नै रचना, संगीत र गायनमा तयार गरिएको सो भिडियो निर्देशन प्रवलदीप विश्वासले गरेका छन् । नसराज घिमिरेको संगीत संयोजन, यज्ञ पराजुलीले छायाङ्कन गरेको गीतमा गायक नितिन गजुरेललाई अंशु थापाले मोडलिङमा साथ दिएकी छिन् ।
 
२०६४ सालमा रेडियो नेपालको स्वर परिक्षा पास गरी महाकवी लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित राष्ट्रिय गीत  सँगीतकार भूपेन्द्र रायमाझीको सँगीतमा गाएर गायन सुरू गरेका कोइरालाले एक दर्जन गीत गाइसकेको छन् । कोइरालाको नयाँ हावामा उड्ने माछा बोलको गीत ३ मिनेट ५२ सेकेण्डको छ ।