मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिका एकता समाजको सातौं बार्षिक साधारणसभा सम्पन्न

अमेरिका एकता समाजको सातौं बार्षिक साधारणसभा सम्पन्न


 एन्जल्स (अमेरिका)- अमेरिका एकता समाजको सातौं बार्षिक साधारणसभा लस एन्जल्समा हिजो सम्पन्न भएको छ ।
 
नेपाली समुदायको साझा स्थान  श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरमा कार्यक्रम आयोजना गरिएको थियो ।
 
कार्यक्रम मा संस्थाको बरिष्ठ उपाध्यक्ष बासुदेव घिमिरेले स्वागत गरेका थिए भने संस्थाले गरेका कार्यहरुको बारेमा महासचिव डोल्मा लामाले जानकारी गरेकी थिइन् भने आर्थिक विवरण कोशाध्यक्ष दिनेश शाहले प्रस्तुत गरेका थिए।
 
आर्टेसिया सिटि प्लानिङ कमिस्नर भक्त थापा र अबैतनिक महाबाणिज्यदुत ऋषि ढकालले शुभकामना मनत्ब्य दिने क्रममा संस्था स्वस्फूर्त रुपमा चल्न सक्ने गराउने तर्फ ध्यान दिन अनुरोध गरेका थिए ।
 
 
 
संस्थापक अध्यक्ष शान्तिराम ढकालले यश क्षेत्रमा सामुदायिक भवनको जरुरत भएको हुँदा सो तर्फ सोच्न आग्रह गरे । ढकालले संस्थागत ब्यबस्थापन, आगामी कार्ययोजना र सामाजिक दायित्व बारे सोच्नु पर्ने भनि सकारात्मक सुझाव दिएका थिए ।
 
अध्यक्ष चन्द्र शिवाकोटीले एक बर्ष लगाएर घाटामा रहेको संस्था नाफामा लगेको र आगामी दिनमा केही नयाँ कार्य गर्ने जोश र जाँगर  समितिलाई पलाएको बताए । 
 
अध्यक्ष शिवाकोटीले नेपाली नयाँ बर्ष, पिकनिक लगायतका केही कार्यक्रम गर्न लागेको जानकारी दिएका थिए र कार्यक्रममा पुर्वअध्यक्षहरु, संस्थाको आजीवन सदस्यहरु र सामुदायिक सदस्यहरुलाई उपस्थिति रहेको थियो ।