मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ड्यालसलाइ चिनायो गजल उत्सवले

ड्यालसलाइ चिनायो गजल उत्सवले


ड्यालस (अमेरिका)– ड्यालसको परिचय अमेरिकामा सबैभन्दा धेरै नेपालीहरू रहेको स्थानका रूपमा त छँदैथियो । थपमा नेपाली भाषा साहित्यको लागि प्रवासको उर्वरभूमिका रूपमा समेत परिचित हुने तरखरमा छ ।
 
यसैसाता सम्पन्न भएको ‘गजल उत्सव-२‘ ले ड्यालसको परिचय अमेरिकामा रहेका नेपाली साहित्यकार माझ अझै उजेलिएको छ । विशेषगरि गजल साहित्यको क्षेत्रमा ड्यालसका युवाहरूले गत वर्षदेखि थालेको अभियानले यसपटक झनै झाङि्गने अवसर पाएको छ । 
 
 
शनिबार अर्भिङको नेपाली मन्दिरमा खचाखचबीच गजलकारहरूले वाचन गरेका थिए । अघिपछि विवाह, ब्रतबन्ध वाहेक विरलै खचाखच हुने हलमा शनिबार गजल सुन्नकै लागि पाइला राख्ने ठाउँ थिएन । गजल सुनाउनका लागि अमेरिकाका पूर्बीतटदेखि पश्चिम तटसम्मका साहित्यकारहरूको उत्साहप्रद सहभागिता थियो । लगातार ६ घण्टा २० मिनेटसम्म कार्यक्रम चलेको थियो । 
 
बोस्टनबाट गोवर्धन पूजादेखि लिएर न्यूजसर्सीबाट कृष्ण कुसुम, कोलोराडाबाट पदम विश्वकर्मा लगायतका साहित्यकारको उत्साहजनक सहभागिता थियो । 
 
कार्यक्रमको दोश्रो दिन अाइतबार बिहान स्थानीय फिस्टेल रेस्टुरामा भएको "गजल कार्यशाला" अन्तर्कृयात्मक थियो ।