मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनएनअारको सदस्यता लिन नेजाको अाग्रह

एनएनअारको सदस्यता लिन नेजाको अाग्रह


न्यूयोर्क (अमेरिका) – नेपाल अमेरिका पत्रकार संघले गैर अावासीय नेपाली संघ (एनअारएन) को सदस्यता लिनका लागि अमेरिकाका रहेका नेपाली समुदायसँग अाग्रह गरेको छ । 
 
नेजाको अाइतबार साँझ बसेको पाँचौ बैठकले एनअारएननै अमेरिकामा रहेका नेपालीहरुको आधिकारिक छाता संस्था भएकाले सदस्य लिन नेपाली समुदायसँग अाग्रह गरेको हो । एनअारएन अमेरिकाको सदस्यता लिने अन्तिम मिति अाउन लगभग तीन सातामात्र बाँकी छ । सदस्यताको लागि फेब्रुअरी १५ सम्म अावेदन दिइसक्नुपर्छ । 
 
नेजाले सदस्य बन्नका लागि प्रेरित गर्ने, त्यस अनुसारका समाचारहरू प्रकाशन, प्रशारण गर्ने निर्णय गरेको महासचिव किरण मरहठ्ठाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 
 
यसैबीच अाइतबारकै बैठकबाट नेजाको कार्यसमितिलाइ पनि पुर्णता दिएको छ । 
 
कार्यसमितिमा रिक्त रहेको सदस्य पदमा बोष्टनका पत्रकार दिनेश कार्कीलाइ सर्बसम्मतले मनोनयन गरिएको छ । कार्कीले नेपालमा छँदा देशान्तर साप्ताहिक, नागरिक दैनिकका अतिरिक्त अंग्रेजी भाषाको दैनिक पत्रिका रिपब्लिकामा रहेर पत्रकारिता गरेका थिए । 
कार्यसमितिको रिक्त सदस्यमा यसअघिनै पत्रकार प्रतिमा बाँस्कोटा (सानफ्रान्सिस्को) र क्यानडा संयोजकमा पत्रकार यम घिमिरेलाइ मनोननय गरिसकिएको छ ।
 
नेजाले संस्थाको कानूनी सल्लाहकारमा अधिवक्ता बासु फुलारालाइ नियुक्त गरेको छ ।