मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

नेपाल र भारत ‘इनर्जी बैंकिङ’ स्थापना गर्ने

नेपाल र भारत ‘इनर्जी बैंकिङ’ स्थापना गर्ने


काठमाण्डौ – दुई देशबीच विद्युत आदानप्रदानका लागि ‘इनर्जी बैंकिङ’ स्थापना गर्न नेपाल र भारत सहमत भएका छन् । पोखरामा सम्पन्न दुई देशबीचका सचिवस्तरीय बैठकले यस्तो सहमति गरेको हो । 
 
बैठकले नेपाल विद्युत प्राधिकरण र भारतको केन्द्रीय विद्युत प्राधिकरणले संयुक्त रुपमा तयार पारेको ‘इनर्जी बैंकिङ’ सम्बन्धी प्रस्तावलाई अनुमोदन गर्दै यसको कार्यान्वयनका लागि आवश्यक नियम जारी गर्न पनि दुवै देश सहमत भएका हुन् ।  
 
‘इनर्जी बैंकिङ’सम्बन्धी प्रस्ताव नेपाल विद्युत प्राधिकरण र भारतको केन्द्रीय विद्युत प्राधिकरणले पुस दोस्रो साता तयार पारेको थियो ।
 
नेपालले भारतको पावर एक्स्चेन्ज मार्केटबाट विभिन्न मोडालिटीमा सोझै विद्युत खरिद गर्नसक्ने सहमति पनि बैठकमा भएको छ । यसका लागि आमागी २ महिनाभित्र आवश्यक कार्यविधि बन्ने बैठकले निर्णय गरेको छ ।  
 
बैठकले हाल २२० किलोभोल्टमा चार्ज भई सञ्चालनमा आएको पहिलो अन्तर्देशीय ढल्केबर मुजफ्फरपुर प्रसारणलाइनलाई ४०० किलोभोल्टमा स्तरोन्नति गर्ने काम नेपाल र भारत दुवै क्षेत्रमा डिसेम्बर १९ सम्ममा सक्ने निर्णय पनि गरेको छ ।