मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

छायाङकनमा कति बोलाऊ निर्मोहीलाई

छायाङकनमा कति बोलाऊ निर्मोहीलाई


टेक्सस(अमेरिका)-  गायिका मेलिना राईले गाएको  कति बोलाऊ निर्मोहीलाई… बोलको गीतको म्युजिक भिडियो छायाङकन  टेक्ससको युलेस, अर्लिन्टन वरपर गरिएको छ । 
 
यहाँका तालतलैया देखि  विभिन्न रमणीय स्थटलहरुमा गरिएको गीतमा मोडल  सुनिक्षा मैनाली र नव मोडल राकेश सहनीले डेब्यु गरेका छन् ।  हिमालय खबरको स्टुडियो देखि  युलेस, अर्लिन्टनका  विभिन्न स्थानमा गीतको छयााङकन गरिएको हो । मैनालीले भने यस अघि दर्जन गीतमा अभिनय गरिसकेकी छिन् ।
 
अमेरिकाका भर्जिनिया बस्दै आएकी मोडल मैनाली  म्युजिक भिडियो खेल्नका लागी टेक्सस आएकी हुन ।  ताल तलैया देखि पार्क नेपाली चलचित्रका अभिनेता  दिलीप रायमाझी  देखि  चर्चित अनुहारसंग भिडियोमा अभिनय गरेकी छिन् । 
 
चर्चित नेपाली सिनेमा निर्देशक नारायण पुरीको निर्देशन रहेको भिडियोलाई छायाकार सुरेन्द्रमान सिंहले  क्यामेरामा कैद  गरेका हुन ।  भिडियोलाई बद्री लामिछानेले सम्पादन गर्ने  निर्माण पक्षले जनाएको छ । 
 
रमेश एम के पौडेलको शब्द रचना रहेको गीतलाई  बोधी एचडि निर्माण तथा ८८४८ मिडिया हाउसले  सहकार्य गरेको छ ।  बोधीले गीतको प्रोमोसन देखि बजार व्यवस्थापनमा काम सबै गरेको छ । 
 
डा किरातको सङ्गीत रहेको गीत सँगै पौडेलको रचना सहितको ५ वटा गीत समावेश रहेको एल्बम सम  छिट्टै बजारमा आउदैछ ।  एल्बममा रामकृष्ण ढकाल, राजेश पायल राई  लगायतको स्वर रहेको कन्काईष्ट राई को सङ्गीत रहेको छ । 
 
गीतकार पौडेलले यस अघि राज्जा–रानी, रुद्रप्रिया लगायतका एक दर्जन सिनेमा निर्माण गरिसकेका युवा पौडेल सञ्चार उद्यमीको रूपमा परिचित छन् ।  उनी टेक्ससमा बसेर फिल्म निर्माण र भिडियो निर्माण गदै आएका छन् ।