मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

बारामा सबारी दुर्घटना हुदा सशस्त्रका एसपीको मृत्यु, सीडीओ घाइते

बारामा सबारी दुर्घटना हुदा सशस्त्रका एसपीको मृत्यु, सीडीओ घाइते


सिमरा – बारामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
 
दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई सहित अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, शम्भु गुरुङ र चालक जगत पटेल छन् ।
 
कर्मचारी मिलन केन्द्रको रात्रिभोज सकाएर कलैया फर्कने क्रममा जितपुर सिमरा उपमाहानगरपालिका र निजगढ नगरपालिकाको विचमा प्रजिअको गाडी दुर्घटना भएको हो।
 
 
पसाहा खोलाको बाटोमा रोकेर राखेको नम्बर नखुलेको ट्र्याक्टरको टेलरमा बा १ झ १६३३ नम्वरको प्रमुख जिल्ला अधिकारीको गाडी ठोक्किएको जनाएको छ। 
 
गाडीमा सवार बाराका प्रमुख जिल्ला अधिकारी भट्टराई गम्भीर घाइते भएका छन्। उनको उपचारको लागि वीरगंज नारायणी अस्पतालमा ल्याइएको छ। एसपी पोखरेलको शव अल्पाइन अस्पताल सिमरामा राखिएको छ ।