मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नेपालले दोस्रो एकदिवसीय क्रिकेटमा यूएईमाथि १४५ रनको फराकिलो जित

नेपालले दोस्रो एकदिवसीय क्रिकेटमा यूएईमाथि १४५ रनको फराकिलो जित


काठमाडौं– युएईविरुद्धको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालले ‍‍‍‍‍१ सय ४५ रनको जित निकालेको छ ।
 
नेपालले दिएको २४२ रनको लक्ष्य पछ्याएको यूएईले १९.३ ओभरमा ९७ रन बनाउँदा सबै विकेट गुमायो । सोमपाल कामीले सुरुवाती चार ओभरमा लगातार विकेट लिएपछि यूएई निकै दबावमा आयो । 
 
पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले ६१ रनको साझेदारी गर्दै टिमलाई बलियो शुरुवात दिलाएका थिए । ज्ञानेन्द्रले ब्यक्तिगत ४४ रन बनाउनुभन्दा अघि विनोद भण्डारी २१ रन बनाउँदै आउट भए । त्यसपछि क्रिजमा आएका पारस खड्का, दिपेन्द्र सिंह ऐरी र पवन सर्राफले भने राम्रो खेल्न सकेनन् ।
 
टस जितेर ब्याटिङ गर्दा नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै २ सय ४२ रन बनाएको थियो । यो योगफल नेपाली क्रिकेट टिमको सबैभन्दा ठूलो एक दिवसीय योगफल हो ।