मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकी राष्ट्रपति सरकार सटडाउन अन्त्य गर्न सहमत

अमेरिकी राष्ट्रपति सरकार सटडाउन अन्त्य गर्न सहमत


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकी सरकार आंशिक रुपमा वन्द हुदां संकट वढ्दै गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो अडानवाट पछाडी फर्कर्दै सहमतिमा समस्या टुंगाउन सहमत भएका छन् । सिमामा पर्खाल लगाउनका लागि ५ अर्ब ७० करोड रुपैंया बजेट स्विकृत नगर्दासम्म खर्च विद्येयकमा हस्ताक्षर नगर्ने अडान लिएका ट्रम्पले यसलाई छाडेर संकट हटाउन सहमत भएका हुन ।
 
इमिग्रेशन मुद्दा र पर्खाल लगाउने बजेटका वारेमा छलफल जारी राख्ने गरी आउने फ्रेबअरी १५ सम्मका लागि सटडाउन अन्त्य गर्न राष्ट्रपति मञ्जुर भएका हुन् ।
 
 
सहमतिका वारेमा जानकारी दिदैं राष्ट्रपति ट्रम्पले भने हामी सटडाउन अन्त्य गर्ने सहमतिमा पुग्यौ । अमेरिकी सरकार ३५ दिन देखि आंशिक रुपमा सटडाउनमा थियो । यसले गर्दा अमेरिकी सरकारका ८ लाख कर्मचारीको पारिश्रमिक प्रभावित भएका थिए । यसवाट हवाई सेवा सुरक्षा देखि इमिग्रेशनसम्वन्धि अन्तवार्ता समेत प्रभावित भएको थियो ।
 
यो अस्थायी सहमती हो । अवको तिनसातामा सिमा सुरक्षा र इमिग्रेशन मामिलामा वार्ताहरु पनि जारी राखी स्थायी समाधान खोज्नुपर्ने छ ।
 
सहमति जुटाउन जटिल हुदै गएपछि रिपब्लिकन पार्टीवाट समेत राष्ट्रपति ट्रम्पलाई दवाव पर्दै गएको थियो । प्रकृयाहरु पुरा भएपछि आंशिक सटडाउन तत्काललाई हट्ने छ । यो अमेरिकी राजनीतिक इतिहासमा सवैभन्दा लामो सटडाउन भएको छ ।