अन्तर्वार्ता

नेपाली ह्याकर जसले पेन्टागन ह्याक गरे (भिडियो अन्तरबार्ता)

2034 पटक पढिएको

हिमालयखवर संवाददाता- | 25th Jan 2019, Friday | २०७५ माघ ११, शुक्रबार ११:२२
अमेरिका- रोजन रिजाल पैसा लिएर अमेरिकामा कम्यूटर सिस्टम ह्याक गर्छन । अमेरिकाको सैनिक मुख्यालय रहेको पेन्टागनको सिस्टम ह्याक गर्र्ने चुनौतीमा पनि उनी सहभागी भएका थिए । पेन्टागनले नै पैसा दिएर काुननी रुपमा ह्याक्ड द पेन्टागन भन्ने चुनौती दिएको थियो ।
 
आफ्नो सिस्टमको कमजोरी थाहा पाउन यस्तो गरिएको थियो । क्यालिफोर्निया स्टेट यूनिर्भसिटीमा अध्ययनरत रोजनले ह्याकका वारेमा टेड एक्समा पनि आफ्नो मन्तव्य दिएका थिए ।
 
रोजन कम्पनीको आग्रहमा उसको सिस्टम ह्याक गर्ने प्रयास गर्छन । कम्पनीहरुले आफ्नो सिस्टम कति बलियो छ यो जांच्न यस्तो गर्छन । यसरी साइवर सुरक्षामा छिद्रहरु कहां छन् यो पत्ता लगाईन्छ ।
 
ह्याक के हो ? रोजनको यसप्रति रुची र उनका वारेमा वुझ्न हेरौं हिमालयखवरका लागि भीषण न्यौपानेसंगको  पोडकाष्ट ।