मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सरकारले अधिनायकवादी चरित्र देखायो : देउवा

सरकारले अधिनायकवादी चरित्र देखायो : देउवा


चितवन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अधिनायकवादी शैलीमा चिकित्सा शिक्षा विधेयक पारित भएको भन्दै आक्रोश पोखेका छन् । 
 
उनले केपी शर्मा ओली सरकारले अधिनायकवादी शैलीमा विधेयक पारित गर्न खोज्दा सभामुखले पनि त्यसमा थप भूमिका खेलेको बताएका छन् । 
 
‘बेल घेराउ हुँदाहुँदै अधिनायकवादी शैलीमा विधेयक पारित भयो, सभामुखले पदको गरिमा नै राख्न सक्नुभएन, मलाई दुस्ख लागेको छ,’ बैठकपछि पत्रकारसँग कुरा गर्दै देउवाले भने ।
 
उनले कांग्रेसले अब सदन र सडकमा संघर्ष गर्ने बताएका छन् । उनले सरकार कांग्रेसले गरेका सबै काम मेट्न लागेको बताृँदै आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।